लक्ष्मीमार्ग । चोरी गरिएका ८ वटा मोटरसाईकल र १३ वटा मोवाईल विशेष अनुसन्धान पश्चात प्रहरीले नियन्त्रणमा लिएको छ उच्च प्रविधी प्रयोग गर्दै फेला पारिएका मोवाइल सेटहरु इलाका प्रहरी कार्यालय बेलबारीले आइतबार सम्बन्धित व्यक्तिलाई जिम्मा लगाएको छ ।

मोटरसाईकल चोरीका विषयमा अनुसन्धान भैरहेको इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर गुणराज बुढाथोकीले जानकारी दिएका छन् । प्रहरीले मोटरसाइकल बरामद गर्ने क्रममा ३ जनालाई नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ । पक्राउ पर्नेमा सुन्दरहरैँचा ७ का सन्तोस खत्री, निश्चल श्रेष्ठ र रोजिस राई रहेको प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख एसपी विश्व अधिकारीको उपस्थितिमा भएको पत्रकार सम्मेलनमा प्रहरीले भेटिएका मोबाइल सार्वजनिक गर्दै आफन्तको जिम्मा लगाएको हो ।

हराएका मोबाइल तथा मोटरसाईकल खोजीका लागि विभिन्न समयमा परेका निवेदनका आधारमा प्रहरीले खोजी अनुसन्धान गरेको थियो । मोरङ प्रहरी प्रमुख अधिकारीका अनुसार विरगञ्ज,सिराहा,सप्तरी,झापा लगायत स्थानबाट मोबाइलन फेला पारेको जनकारी दिएका छन् । भेटिएका सबै मोटराईकल बजाज कम्पनीको पल्सर रहेका छन् भने स्कुटर होण्डा कम्पनीको डियो रहेको छ ।

81546209_447258955954322_3440666329089048576_n