ताप्लेजुङ । ताप्लेजुङ प्रहरीले झुट्टा विवरण दिई दोहोरो नागरिकता लिने एकजनालाई पक्राउ गरेको छ । जिल्लाको आठराई त्रिबेणी गाउँपालिका वडा नं. १ निगुरादिनकी अनिता तामाङलाई पक्राउ गरिएको हो । तामाङले झुट्टा बिबरण दिई जिल्ला प्रशासन कार्यालय ताप्लेजुङवाट दोहोरो नागरिकता लिएको भन्दै गत मसिंर ४ गते जिल्ला प्रहरी कार्यालय ताप्लेजुङमा जाहेरी दर्ता भएको थियो ।
झुट्टा विवरण दिई दोहोरो नागरिकता लिएको सम्बन्धि कसुरमा मुद्दा दर्ता भई खोजतलास गर्ने क्रममा बिर्तामोड नगरपालिका वडा नं ५ महानन्द चौकमा लुकीछिपि बसिरहेको अवस्थामा ताप्लेजुङ र ईलाका प्रहरी कार्यालय अनारमनी झापावाट खटिएको संयुक्त प्रहरी टोलीले गत शुक्रवार उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका सुचना अधिकारी प्रहरी निरिक्षक विष्णू बहादुर खड्काले जानकारी दिए ।
उनले पहिले विवाहित भनेर श्रीमानको नामवाट र पछि अविवाहित भन्दै दोहोरो नागरिकता लिएको प्रहरी निरिक्षक खड्काले बताए । तामाङ विरुद्ध आईतवार जिल्ला अदालत ताप्लेजुङवाट म्याद थप गरि अनुसन्धान भईरहेको बताईएको छ ।