भद्रपुर/ भारतीय मालवाहक ट्रकले टेम्पोलाइ ठककर दिदा दुइजनाको ज्यान गएको छ ।

गएराती सवा ९ बजे दमक ९ क्याम्पस मोडमा पूर्वबाट पश्चिम जादै गरेको मे १ ह ४९१९ नम्बरको टेम्पोलाइ विपरित दिशाबाट आउदै गरेको विआर १ जिएस नम्बरको मालबाहक ट्रकले ठक्कर दिदा टेम्पो चालक दमक ९ का ३५ वर्षिय हरि बहादुर भुजेल सोही वाडका टेम्पोमा सवार २४ वर्षिय सुरज शाहको ज्यान गएको जिल्ला ट्राफिक प्रहरी कार्यालय विर्तामोडले जनाएको छ ।

घटनामा ३ जना पैदल यात्री सामान्य समेत घाइते भएका छन् । टेम्पो र ट्रक सहित चालक भारत निवासी विशाल कुमारलाइ इलाका प्रहरी कार्यालय दमको नियन्त्रणमा रहेको जिल्ला ट्राफिक प्रहरी कार्यालयका इन्सपेक्टर होमप्रसाद अधिकारीले जानकारी दिए ।