पाँचथर / पाँचथरको मिक्लाजुङ गाउँपालिका वडा न. ३ आरुबोटे हत्याकाण्ड भएको ८ महिना बितेको छ । त्राशमा जिवन बिताउँदै आएका स्थानीय क्रमश सुरक्षाको महसुस गर्दै आएका छन । छन । तर त्यो बिभत्स हत्याकाण्ड अहिले पनि स्थानीयको मानसपटमा घुम्ने गरेको छ । २०७६ साल जेठ ६ गते घटेको घट्नालाई बिर्सन स्थानीयले सकेका छैनन् । शान्ति सुरक्षाको लागि सुरुमा प्रदेश सरकारले ३० जना प्रहरी खटाएर बिभिन्न जनचेतनाको कार्यक्रम गर्दै आएको थियो । तर अहिले जिल्ला प्रहरी कार्यालय पाँचथरले स्थायी रुपमा प्रहरी उक्त स्थानमा राखेको छ । मिक्लाजुङ ३ को वडा कार्यालय स्थायी प्रहरी राखि सुरक्षा ब्यवस्था मिलाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।
ज्वाइँ ससुरासहित दुई परिवारका ९ जनाको वंश नास भएको घट्ना बिर्सन नसकेको स्थानीयवासी बताउँछन । हत्या गरिएका बमप्रसादको घरमा अहिले उनकै साइली छोरी वुद्धमाया योङहाङ बस्दै आएकी छन, भने धनराज शेर्माको घर खाली रहेको छ । सडकमै रहेको शेर्माको घरबाट मानिसहरु समुह बनाएर हिड्ने गरेका छन । बालबालिका विद्यालय जादाँ समुहमा जाने गरेका छन त्यस्तै हटिया भर्न पुग्ने स्थानीयहरु पनि समुहमा जाने गरेका छन । रात बिहान एक्लै हिडढुल गर्न अहिले पनि आट कसैले नगरेको स्थानीय व्यवसायी पदम खनाल बताउँछन । प्रहरी चौकी स्थापनाको लागि बजारवासीले माग गर्दै आए पनि अहिलेसम्म सुनुवाइ नभएको उनको गुनासो छ ।
गत जेष्ठ ६ गते आरुबोटेका बमबहादुर फियाक र उनकै ज्वाइँ धनराज शेर्मा सहित २ घरका नौ जनाको हत्या भएको थियो । सो समयमा पुर्शीमाया फियाक, मनकुमारी फियाक, आशिका खजुम, जस्मीता फियाक, युहाना शेर्मा, मुना शेर्मा र इथ्छा शेर्माको हत्या भएको थियो । हत्यामा संमलग्नता रहेको आसंका गरिएका बमप्रसादका कान्छा ज्वाइँ मानबहादुर माखिमको मिक्लाजुङ ८ लिम्बामा झुडिएको अवस्थामा सव फेला परेको थियो । हत्यामा प्रयोग गरिएको खुकुरी त्यही स्थानमा बरामद भएको थियो । हत्यामा उनकै समलग्नता रहेको प्रहरीको निष्कर्ष छ ।
हत्याकाण्डले त्राशमा परेको उक्त क्षेत्र सामान्य भएपनि अझै भय बाकी नै रहेको आरुबोटेका वडा नम्बर ३ का वडा अध्यक्ष हस्तराज फियाकले बताए । जिल्ला प्रहरी कार्यालय पाँचथरले खटाएको प्रहरी टोलिलाई गाउँपालिका र वडाले व्यवस्थापन गर्ने काम भएको छ । केही भय बाँकी भए पनि क्रमश यो दिनलाई भुल्ने काम भइरहेको छ फियाकले भने । उनि भन्छ्न हामीले प्रहरी चौकी स्थापना हुनुपर्छ भन्ने माग राखेका थियौ, यहाँका नागरिक र पीडितको माग पनि एउटै छ । तर अहिलेसम्म पनि चौकी स्थापना हुने कुनै छाटकाछ छैन यस विषयमा राज्यले ध्यान दिनुपर्छ ।