वराहक्षेत्र /वराह सब डिभिजन बन कार्यलय चतराले एक नाल भरुवा र गोली सहित दुई जना लाई पक्राउ गरेको छ । बन गस्ती गर्ने क्रममा, शुक्रवार दिउसो १ वजेर १५ मिनेटमा, वराहक्षेत्र नगरपालिका वडा नम्बर ३ बस्ने ४५ वर्षिय बमवहादुर मगर र ३२ वर्षका पे्रम कार्कीलाई पक्राउ गरिएको वराह सब डिभिजन वन कार्यलय चतराका अधिकृत शिवलाल बिकेले जानकारी दिए ।

शिवलाल बिकको कमांण्डमा गएको टोलील नडाहा चतरा सडकखण्डमा रहेको हरिणेखोलास्थित सडक देखि १ सय ५० मिटर भित्र जंगलमा पक्राउ गरिएको वन अधिकृत शिवलाल बिकेले बताए ।

पक्राउ गरिएका उनीहरुको साथवाट एक थान भरुवा बन्दुक, १ थान खुकुरी, १ थान चुप्पी, १४ थान बन्दुकको गोली,कांटी २० थान,,२ बट्टा बारुद र डोरी बरामद गरिएको वराह सब डिभिजन बन कार्यलय चतराका अधिकृत शिवलालले बताए ।

थप कार्यवाहीको लागि उनीहरुलाई शुक्रवार नै दिउसो २ वजे ईलाका प्रहरीको कार्यलय चत्रलघट्टीका प्रहरी निरीक्षक शरणकुमार दाहाल समक्ष बुझाइएको छ ।