विराटनगर /  बलात्कार आरोप लागेको ‘सिद्धबाबा’ भनिने कृष्णबहादुर गिरीको मुद्दाको सक्कल मिसिलसहित कैफियत प्रतिवेदन पेश गर्न उच्च अदालत विराटनगरले आदेश गरेको छ ।
उच्च अदालतका मुख्य न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले शुक्रवार सुनसरी जिल्ला अदालतको नाममा यस्तो आदेश गरेको हो ।
महिला अनुनायीमाथि बलात्कारको आरोप लागेका गिरीलाई जिल्ला अदालत सुनसरीका न्यायधीश राधाकृष्ण उप्रेतीलको इजालशले पुस १४ गते ३ लाख धरौटीमा छाड्न आदेश दिएको थियो । पीडितको किटानी जाहेरीका साथै आरोपीलाई स्थापित गर्ने प्रमाणहरु हुँदासमेत इजाशले धरौटीमा छोडन आदेश दिएका थिए ।
उक्त आदेशका विरूद्ध जिल्ला सरकारी वकिलको कार्यालय सुनसरीले उच्च अदालतमा बिहीबार निवेदन दर्ता गराएका थिए । उच्च अदालत विराटनगरका मुख्य न्यायधीश श्रेष्ठको १ नम्बर इजालशले सक्कल मिसिलसहित कैफियत प्रतिवेदन १५ दिनभित्रमा झिकाउन आदेश दिएको रजिष्ट्रार जितेन्द्रबावु थपोलियाले जानकारी दिए । सुनसरी अदालतले सक्कल मिसिल र कैफियत प्रतिवेदन उच्च अदालतमा आएपछि साताको बिहीबार इजालशमा पेशी चढदछ ।
गिरीमाथि आफ्नै एक महिला अनुयायी उपर गत ४ कात्तिकमा करणी गरेको आरोप लागेको छ । अभियुक्त गिरी विराटनगरको मुनालपथस्थित विराटनर्सिङ होममा मंसिर १२ देखि क्याबिनमा उपचाररत छन् ।