भोजपुर / जिल्लाको हतुवागढी गाउँपालिकाबाट प्रतिबन्धित नेत्र विक्रम चन्द विप्लवका जनमुक्ति सेना बीरेन्द्र थापा हतियारसहित पक्राउ परेका छन् । दैलेखको दुल्लु नगरपालिका–२ घर भएका २७ वर्षीय थापा गाउँपालिकाको वडा नम्बर ९ हसनपुरस्थित भसुवाबाट बुधवार राती पक्राउ परेका हुन ।
इलाका प्रहरी कार्यालय घोडेटारबाट खटिएको प्रहरीले चेकजाँच गर्ने क्रममा थापालाई पेस्तोलसहित नियन्त्रणमा लिएको हो । उनको साथबाट एक थान पेस्तोल , चार राउण्ड गोली ,दुई थान डायरी र पार्टीका दस्तावेज बरामद गरिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी नायव उपरिक्षक नर बहादुर सलामी मगरले बताए । थापालाई विहिवार साझ सदरमुकाम ल्याइ आज जिल्ला अदालत भोजपुरबाट म्याद थप गरि अनुसन्धान थालिएको प्रहरीले जनाएको छ । पक्राउ परेका थापा माथी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पछिल्लो समय जिल्लामा आगजानी लगाएत घट्ना बढे पछि प्रहरीले विप्लव कार्यकर्ताको गतिविधीमा निगरानी बढाएको छ ।