ब्लाष्टखबर । इटहरीबाट पेस्ताेल र ५ राउण्ड गाेलीसहित २ जना पक्राउ परेका छन्।
बिहिबार साझ अवैध हतीयार ओसार पसार भईरहेको भन्ने सूचना पाएसंगै ईलाका प्रहरी कार्यालय इटहरीबाट खटिएको प्रहरी टोलीलेले उपमहानगरपालिका ८ कदमाबाट उनिहरूलाई नियन्त्रणमा लिइएकाे कार्यालयले जनाएकाे छ ।
पक्राउ पर्नेहरुमा मोरङको सुन्दर हरैचानगरपालिका ४ का ३३ बर्षीय जागिर खान र सुनसरीको हरिनगरा गाउँपालिका ७ का ४७ बर्षीय जमिल अंसारी रहेका छन् । को ९ प ७४८६ नम्बरको मोटरसाईकलमा सवार गरी रहेकाे उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिई शरिर खानतलासी गर्दा उनीहरुको साथबाट म्यागजिन सहितको १ थान पेस्तोल र सोही पेस्तोलमा लाग्ने ५ राउण्ड गोली बरामद भएको थियो ।
हतियार र गोलीसहित पक्राउ परेका दुबै जनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय इटहरीका प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीले बताए ।