ब्लाष्टखबर ।  जिल्ला प्रशासन कार्यालय मोरङमा नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका दुई जना जिल्लास्तरका कार्यकर्ताले आत्मसमर्पण गरेका छन् ।

मोरङका सहायक प्रमुख जिल्ला अधिकारी अनुज भण्डारीसमक्ष ५ वर्षदेखि आबद्ध रही मोरङ जिल्लाको सचिवालय सदस्य रहेका मोरङ कानेपोखरी–४ का रामबहादुर माझी र बुद्धीराज माझीले आत्मसमर्पण गरेका हुन् ।

जिल्ला प्रशासन कार्यालयमा एक पत्र बुझाइ आगामि दिनमा नेपालको संविधान र कानूनलाई शिरोधार्य गरि अगाडि बढ्ने  प्रतिवद्धता व्याक्त गर्दै आत्मसमर्पण गरेका छन् । गरेका छन् । उनिहरूले 

पार्टीले गरेको हिंसात्मक गतिविधिमा लागेको विषयमा चित्त नबुझेर पार्टी परित्याग गर्ने घोषणा गरेको पत्रमा उनीहरुले उल्लेख गरेका छन् ।

जिल्ला प्रशासन कार्यालयमा मानवअधिकार संजाल १ नम्बर प्रदेशका संयोजक सोमराज थापा, नेकपाका नेता अविनाश मण्डललगायतको रोहबरमा उनीहरुलाई छोडिएको सहायक प्रमुख जिल्ला अधिकारी भण्डारीले जानकारी दिए ।

latter