भद्रपुर । नेकपा विप्लव समूहका इलाम सेक्रेटरी २ लाख ७५ हजार धरौटी बुझाएर रिहा भएका छन् । झापा शिवसताक्षी नगरपालिका ४ का याम गिरीलाइ झापा जिल्ला अदालतले बुधबार धरौटी लिएर रिहा गरेको हो ।
रिहाभएलगत्तै नेकपामा प्रवेश गरेका थिए । गिरीलाइ काठमाडौँ जादै गर्दा मङसिर १६ गते काभ्रेबाट प्रहरीले पक्राउ गरेको थियो । सङगठित अपराध,बम बिस्फोेट लगायत चारओटा मुद्दा झापा अदालतमा दर्ता गराइ इलाका प्रहरी कार्यालय अनारमनीमा राखिएको थियो ।

गिरीलाइ अदालतले माघ २१ गते तारिख दिएको छ । नेकपा झापा सचिव विजय साङ्पाङ,प्रदेश कमिटी सदस्य रोशन कन्दङ्वा सचिवालय सदस्य नरेश सञ्जेलले नेकपा पार्टी प्रवेश गराएका थिए । इलाका प्रहरी अनारमनीमा समेत आइन्दा यस्तो कार्यमा संलग्न नहुने गरी गिरीले कागज गरेको सचिवालय सदस्य सञ्जेलले जानकारी दिए ।