संखुवासभा । सोमबार साँझ संखुवासभाको सभापोखरी गाउँपालिकाको गाडी दुरुपयोग भएको भन्दै स्थानीयले गाडी र चालकलाई नियन्त्रणमा लिई प्रहरीलाई बुझाएका थिए । सदरमुकाम खाँदबारीबाट कुखुराको चल्ला र भुस लिएर गाउँपालिकाको केन्द्र बाह्रबिसे जाँदै गरेको को १ झ ५९२ नम्बरको गाउँपालिकाको गाडी वडा नं. १ को धुपुमा स्थानीयले रोकेकाथिए । उक्त घटनाका विषयमाविभिन्न सञ्चार माध्यममा समाचार प्रकाशन र प्रशारण भयो ।

घटनालाई ढाकछोप गर्न बुधबार गाउँपालिकाले विज्ञप्ति जारी गरेको छ । विज्ञप्तीमा समाचार गलत, सुनियोजित, भ्रमपूर्ण ढंगले विपक्षीहरुद्धारा प्रतिशोधको रुपमा लेखिएको उल्लेख गरेका छन् । भ्रमपूर्ण समाचार प्रकाशनगरेको भन्दै सञ्चार जगतलाई आक्षेप लगाएका छन् ।

अध्यक्ष सुब्बाको हस्ताक्षर र सम्पूण गाउँपालिका परिवारले जारी गरेको विज्ञप्तिको विषयमा वडा नं. १ काअध्यक्षतथाकार्यपालिका सदस्य मणि सुन्दर राईले अध्यक्षले एकलौटी रुपमा विज्ञप्ती निकालेको भन्दै आपत्तिजनाएका छन् । गाउँपालिका परिवार भनेर बिनाजानकारी विज्ञप्ती जारी गरेको बताए ।

तर मंगलबार बिहानप्रहरी, स्थानीय र अध्यक्ष सुव्वा सहितको छलफलमा सरकारी गाडी दुरुपयोग नगर्ने प्रतिवद्धता जनाएपछि गाडी छोडिएको थियो ।