बलिउड फिल्म ‘छपाक’ रिलिजअघि नै विवादमा परेको छ । एक लेखकले कथा चोरी गरेको आरोप लगाएपछि फिल्म विवादमा परेको हो ।

आरोपसँगै यो फिल्म अब अदालतमा पुगेको छ । दीपिका पादुकोणको मुख्य अभिनय रहेको फिल्ममाथि राकेश भारती नामका लेखकले अदालतमा मुद्दा दायर गरेका हुन् । उनले फिल्मको कथामा आफ्नो नाम राख्न माग गरेका छन् ।

अदालत जानुअघि लेखकले निर्माता र कलाकारलाई समेत भेटेका थिए । उनी फक्स स्टार स्टुडियोमा पनि पुगेका थिए । राकेश भारतीका वकिलका अनुसार ‘छपाक’ का निर्माण गरिरहेको निर्माण कम्पनीलाई पछि मात्र थाहा भयो कि उनको यो फिल्मसँग मिल्दाजुल्दो फिल्म मेघना गुलजारले बनाइरहेकी छन् ।

उजुरीकर्ता भारतीले जबसम्म आफ्नो नाम फिल्मको क्रेडिट हुँदैन, तबसम्म यो फिल्म प्रदर्शन हुन नदिन पनि अपिल गरेका छन् ।