ब्लाष्टखबर । आगामी पौष ५ गते हुन गइरहकाे मिस पूर्वान्चलकाे अन्तिम प्रतिस्पर्धाका लागी यतिबेला १० बढी जिल्लाका २१ जना प्रतिस्पर्धी पूर्वेली  युवतीहरु धरानमा एक जुट भएका छन् ।

बाहिरी सुन्दरता मात्र नभएर भित्री सुन्दरतालेसमेत निख्खारिएका २१ जना युवतीहरू करिव एक महिना देखि धरानमा बन्द प्रशिक्षणमा सहभागी छन् ।
दशौं  मिस पूर्वान्चलको टुंगो लाग्न २ दिन मात्र बाँकी रहदा सुन्दरताका साथै प्रशिक्षण तथा विभिन्न चरणको छनौट प्रकृया पार गरेर अझबढी प्रतिस्पधी बनेका युवतीहरूमा  मतको आधारमा अन्य विभिन्न टाइटलको लागि पनि प्रतिस्पर्धर्धा हुदैं छ ।

सिल्भर इन्टरटेनमेन्टको आयोजनामा सिजी ब्रुअरीको मुख्य प्रायोजन,बराह ग्रुपको प्रस्तुति  र डिभाइन वाइन र  ओम शान्ति कम्पनि लिमिटेड सिओल कोरियाको सह–प्रायोजनमा हुने नेपाल आईस मिस पूर्वान्चल २०१९ मा प्रतिस्प्रर्धा गरिरहेको  युवतिहरुसँग गरिएको छोटो कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।