सन् २०१८ मा ‘धडक’ फिल्मबाट बलिउडमा डेब्यु गरेकी जान्हवी कपूर आगामी फिल्मलाई लिएर चर्चामा छिन् ।

जान्हवीले दक्षिण भारतीय फिल्ममा पनि काम पाएकी छन् । उनले साउथका सुपरस्टार विजयसँग फिल्ममा काम गर्ने भारतीय मिडियाले लेखेका छन् ।

यी दुई फिल्ममा रोमान्टिक प्रेमकथासहित देखिनेछन् । अहिलेलाई यो फिल्मको नाम ‘फाइटर’ राखिएको छ । फिल्मका लागि जान्हवी पहिलो रोजाइ भने थिइनन् ।

पहिले यो फिल्म कियारा आडवाणीलाई अफर गरिएको थियो । आलिया भट्टलाई पनि फिल्मको अफर आएको थियो । दुवै नायिकाले नगरेपछि जाह्नवीले गर्ने भएकी हुन् ।

यो फिल्म सन् २०२० को फेब्रुअरीबाट शूटिङमा जानेछ । यद्यपि फिल्मको आधिकारिक जानकारी भने अझै आएको छैन ।