धनकुटा । धनकुटाको छथरजोपाटी गाउपालिका - २ फलैचामा जेसीवी बोक्ने लोपेट र टेम्पू एक आपसमा ठक्कर खाँदा २ जनाको घटना स्थलमै मृत्यु भएको छ भने अन्य दुई जना घाइते भएका छन् ।

हिलेबाट जोरपाटी बजार तर्फ जादै गरेको को २ ह ६६११ नम्बरको टेम्पू फलैचामा रोकी राखेको को १ ख ६११२ नम्बरको लोपेटसंग ठकर खादा २ जनाको घटना स्थलमै मृत्यु भएको जिल्ला ट्रफिक प्रहरी कार्यलय धनकुटाका प्रमुख सुरेन्द्र खड्काले जनाएका छन् ।

मृत्यु हुनेमा टेम्पू चालक धनकुटा नगरपालिका -२ का २५ वर्षीय दशरथ पाख्रीन तामाङ र टेम्फूमा सवार छथर गाउपालिका- १ तेह्रथुमका ४२ वर्षीय साङ्गे सोर्पा रहेका छन् ।

दुर्घटनामा घाइते हुनेहरुमा छथर गाउपालिका –५ तेह्रथुमका २२ वर्षीय रविन गुरुङ र लालिगुँरास गाउपालिका ५ का २५ वर्षीय प्रदिप बस्नेत रहेका छन् ।

घाइतेहरूलाई उपचारकालागी जिल्ला अस्पताल धनकुटा लगीएको छ । दुर्घटना भएको लोपेट र लोपेट चालक संसुवासभा मादिमुलर्खक –५ का ३९ वर्षीय ज्ञानबहादुर गुरुङलाई सिदुवा प्रहरीले नियन्त्रणमा लीएको प्रमुख खड्काले बताए ।