श्रीमानकाे हिंसा सहन नसकेर झुण्डिइन् इटहरीमा एक महिला

alt तस्बिरः स्केच
  • मंसिर २२, २०७६
  • ३४४ पटक पढिएको
  • ब्लाष्ट खबर

धरान । सुनसरीको इटहरी–१७ बिसनपुरमा एक महिला झुण्डिएको अवस्थामा आइतबार अपरान्ह ४ बजेतिर भेटिएकी छन् ।

दुई सन्तानकी आमासमेत रहेकी ३५ वर्षीय टीका दाहाल आफ्नै भाडाको कोठामा सलले पासो लगाएर झुण्डिएको अवस्थामा भेटिएकी हुन् । श्रीमान् टङ्क दाहालले मादक पदार्थ सेवन गरेर बारम्बार झगडा तथा कुटपिटसमेत गर्दै आएपछि झुण्डिएको छिमेकीहरूको भनाइ उदृत गर्दै धरानका पृथ्वीमान गुरुङले जानकारी दिए ।

मृतक दाहालको शव पोष्टमार्टमको लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ल्याइएको छ । श्रीमान् टङ्क दाहाललाई एक पटक सुधार गृहमासमेत राखेर ल्याइएको थियो । तर, नसुध्रिएको प्रत्यक्षदर्शीसमेत रहेका गुरुङ बताउँछन् । आफ्नो जग्गाको कामले बिसनपुर पुगेका गुरुङले घटनाको बारेमा थाहा पाएका थिए ।

दिउँसै माेटरसाइकल चा ...

बिर्तामोड । झापाको बिर्तामोडबाट मोटरसाइल चोरेर भाग्दै ग ...

शहीद स्मारक ए डिभिजन ...

काठमाडाै । शहीद स्मारक ए डिभिजन लिग फुटबल प्रतियोगिताअन ...

प्रदेश सरकारले आफ्नै ...

लक्ष्मीमार्ग । मोरङको बेलबारी स्थीत नव निर्मीत ट्राफिक ...

एक बर्षदेखि कल्भर्ट ...

बिर्तामोड । बिद्युत प्राधिकरणले एउटा बिजुलीको पोल ५ फिट ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved