कोहलपुरमा गोली चल्यो, डिएसपीसहित ९ जना प्रहरी घाइते

alt तस्विरः सुम्निमा कार्कीकाे फेसबुकबाट
  • मंसिर २२, २०७६
  • ब्लाष्ट खबर

धरान  / बाँकेको कोहलपुरमा ट्रकले ठक्करले एक बालिका घाइते भए पछि  कोहलपुरमा तनाव बढेको छ । घट्ना पछि प्रदर्शनकारीले जताभावी ढुंगामुढा प्रहार गर्दा कोहलपुरका प्रहरी प्रमुख डीएसपी हेमराज शाहीसहित ९ जना प्रहरी घाइते भएका छन् । शाही लगायतको अहिले कोहलपुर शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

आइतवार बिहान कोहलपुर–नेपालगञ्ज सडकखण्ड अन्तर्गत हाइस्कुल चोकमा ट्रकको ठक्करबाट त्रिभुवन उच्च माध्यामिक विद्यालयमा कक्षा ७ मा अध्ययनरत कोहलपु–१० की प्रकृति चन्द घाइते भएकी थिइन् । घट्ना पछि विद्यार्थीहरुको समूहले ट्रकमा आगजनी गरे पछि स्थिति तनावग्रहस्थ भएको हो । भीडलाई नियन्त्रणमा लिन प्रहरीले फाइरिङ समेत गरेको छ । गोली लागेर एक विद्यार्थीसमेत घाइते भएको बताइएको छ । विद्यार्थीको नाम खुलेको छैन् । उनको पनि कोहलपुर अस्पतालमा उपचार भइरहेको छ ।

79727740_540089763210361_3357063575196663808_n

 

कोरोना संक्रमित भेट ...

भद्रपुर । भद्रपुरस्थित चन्द्रगढी बजारमा निषेधज्ञा जारी ...

धरानमा बेलुन उडाएर म ...

ब्लाष्टखबर । धरान उपमहानगरपालिकाकाे प्रङ्गडबाट विश्व पर ...

गण स्थापना भएको १३ व ...

भद्रपुर । गण स्थापना भएको १३ वर्षमा सशस्त्र प्रहरी बल ग ...

प्रदेश १ मा आज १ सय ...

विराटनगर । प्रदेश १ मा आज १ सय ८१ कोरोना संक्रमित थपिएक ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved