इटहरी/ इटहरी उपमहानगरपालिकाले इटहरीस्थित ६ लेन सडक आयोजना कार्यालयलाई फेरि पत्र काटेको छ । गत मङ्सिर २ गते पत्र काटेर आयोजनाको विस्तृत विवरण मगाएको उपमहानगरपालिकाले विवरण नपाएपछि फेरि पत्र काटेको हो ।
इटहरीको धरान रोडमा ६ लेन सडक निर्माण गर्दा चौडाई घटाएको भन्दै युवाहरुले विरोध जनाएपछि इटहरी उपमहानगरपालिकाले कागजात मागेको थियो । तर दुई साता बित्दा पनि कार्यालयले कागजात नदिएपछि फेरि पत्र काटेको उपमहानगरपालिकाले जानकारी दिएको छ ।
सडकको चौडाइ मनपरी घटबढ गराएको भन्दै मदन चुडालको नेतृत्वमा बनेको युवाहरूको सङ्घर्ष समितिले दबाव दिएपछि उपमहानगरपालिकाले फेरी पत्र काटेको हो ।उपमहानगरपालिकाको पत्रलाई आयोजनाले बेवस्ता गरेको भन्दै पुःन पत्र काटिएको वजनाएको छ ।
इटहरी चोकदेखि तरहरासम्मको सडक ५० मिटर चौडा हुनुपर्नेमा ४० मिटर मात्र फराकिलो बनाउने गरी काम शुरु भएपछि स्थानीयले विरोध जनाएका थिए । सडकजस्तो महŒवको पूर्वाधार निर्माणमा तत्कालको क्षति हेर्न नहुने बताउँदै एउटै मापदण्डमा सडक बनाउनुपर्ने माग चुँडालले गरेका छन् ।