पथरी /  मादक पदार्थ सेवन गरि सवारी चलाएको बारेमा चेक भइरहेको बेला प्रहरी माथी नै अभद्र व्यवहार गर्ने दुईजनालाई इलाका प्रहरी पथरीले मुद्दा चलाएको छ ।
इलाका पथरी ट्राफिक प्रहरी नजिकै मुख्य सडकमा मापासे परीक्षण गर्ने क्रममा उर्लाबारी–२ का टेकबहादुर बस्नेत र सुमनराज आचार्यलाई अभद्र व्यवहारमा मुद्दा चलाएको हो ।
दुवैजना को २७ प ७८०६ नम्बरको मोटरसाइकलमा पूर्व जाँदै गर्दा पथरीमा मापासे चेकमा परेका थिए । परीक्षणको क्रममा मापासे गरेका बस्नेत र आचार्यले प्रहरीलाई नै हातपात गरे पछि नियन्त्रण गरि मुद्दा चलाएको इलाका प्रहरी कार्याकय पथरीका प्रहरी निरीक्षक रामबहादुर ढकालले जानकारी दिए ।