पथरी / छिमेकीले चिरपटले हानेको पाँच महिना पछि मधुलाल धिमालको उपचारकै क्रममा मुत्यु भएको छ ।
मोरङको कानेपोखरी गाउँपालिका –६, स्थित विहिबारे घर भएका ६६ बर्षीय उपचारथ धिमालको घरै मृत्यु भएको हो । धिमाललाई सामान्य विवादमा छिमेकी छिरिङ र होमराज घिसिङ दाजुभाई र आमा पञ्चमाया धिसिङसहितले कुटपिट गर्दै चिरपटले टाउँकोमा प्रहार गरेका थिए । असार १० गते थेसर लगाएर धान झार्दा धुलो उडेको निहुमा मधुलाललाई छिमेकी घिसिङ आमाछोराको कुटपिटबाट टाउकोमा गम्भीर चोट लागेको थियो । गम्भीर घाइते भएको मधुलाललाई तत्कालै विराटनगरस्थित न्यूरो हस्पिटल लगिएको उनका श्रीमती मटरनी धिमालले बताइन । उनको टाउँकोमा रगत जमेकोले टाउँकोको अपरेशन गरिएको थियो । गम्भीर घाइते भएका धिमाललाई २ महिना उपाचार पछि भदौ ४ गते घर ल्याइएको थियो ।
उनलाई हस्पिटलले घाटीमा प्वाल पारी नलि लगाएर पठाई दिएको थियो । झोल जन्य खानेकुरा उनका परिवारले नलिबाटै खुवाउँर्दै आएको थियो । हस्पिटलको डिस्र्चाज पछि परिवारले डाक्टरको सल्लाह अनुसार प्रत्येक १५ दिन पछि न्यूरो हस्पिटल चेकजाँचको लागी लाने गरेको थियो । ४ पटक चेकजाचको लागी जादा ६० हजार खर्च भएको परिवारका जेष्ठी बुहारी आशा धिमालले बताइन । उनीले ससुराको उपचारमा मात्र अहिले सम्म जम्मा १५ लाख रकम न्यूरो हस्पिटललाई बुझाई सकेको बताइन ।
छिमेकी र आफ्न्तसँग सय कडा ३ ले पैसा ऋण खोजेर उपचार गरेको मृतर्कका पत्नी मटरनी धिमालले बताइन । सम्पत्तीको नाममा केही नभएको पती बाँच्ने आशाले आफुहरुले ऋण खोजेर उपचार गरेको बताइन ।
पत्नी मटरनी धिमालले भोलि पल्ट २० बर्षीय छिरिङ, २५ बर्षीय होमराज घिसिङ दाजुभाई र आमा पञ्चमाया घिसिङ विरुद्ध किटानी जाहेरी दिएकी थिइन् । इलाका प्रहरी कार्यालय पथरीले तीनै जनालाई ज्यानमार्ने उद्योगमा मुद्दा दर्ता गरेका थिए । दुवै छोराहरु रातीनै फरार भएपछि प्रहरीले आमा पञ्चमायालाई पक्राउ गरेको थियो । पक्राउ परेको पञ्चमायालाई २२ दिन पछि अदालतले ५० हजार धरौटीमा रिहा गरेको थियो । पहिलो ज्यान मार्ने उद्योग थियो र अहिले तीनै आमाछोरालाई कर्तव्य ज्यान मुद्दा चलाएको इप्रका पथरीका डिएसपी लक्ष्मीराज अधिकारीले बताए । आरोपीत पञ्चमाया घिसिङ पनि घरमा नरहेको आफ्न्तकोमा गएको सम्र्पकमा नआएको डिएसपी अधिकारीले बताए ।