इनरुवा / पूर्व पश्चिम राजमार्ग अन्र्तगत झुम्का इनरुवा सडक खण्डको भएको दुर्घटनामा गर्भवती महिलासहित ६ जना घाइते भएका छन् ।

इटहरीबाट इनरुवा तर्फ आउँदै गरेको को १ ज ३४८३ नम्बरको म्याजिक भेन दुर्घटनामा पर्दा इनरुवा ६ की माया अधिकारीसहित ६ जना घाइते भएका छन् । माया गर्भवती रहेको इनरुवा अस्पतालले जनाएको छ ।

घाइते हुनेमा इटहरीका अर्जुन भट्टराई, सरस्वती ढुङगाना र भारत सुपौलका सहदेव शर्मा, मनोज शर्मा र कौशिलादेवि शर्मा रहेका छन् । घाइतेहरुलाई इनरुवा अस्पतालमा प्राथमिक उपचार पश्चात बिराटनगर रेफर गरिएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । तिव्र गतिमा रहेको गाडी अनियन्त्रित भई दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।