धरान / धरान–५ स्थित देउरालीबाट हतियारसहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार साँझ ५ बजेको समयमा सडकमा हरिलो हतियार बोकेर हिडिरहेको अवस्थामा इलाका प्रहरी कार्यालय धरानले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा धरान १५का १९ बर्षीय गोपाल तामाङ, २३ बर्षीय दिप्सन भन्ने दिपेश राई, धरान ४ का २२ बर्षीय बिशाल राई, धरान ५ का २० बर्षीय लोकेन्द्र बिक र धरान १५ का १९ बर्षीय वीरेन राई रहेको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । उनीहरुलाई अभद्र ब्यवहार मुद्दामा अाज म्याद थप गरी अनुसन्धान थालिएको डिएसपी न्यौपानेले जानकारी दिए । उनीहरूकाे साथबाट २ वटा छुरी, एउटा खुकुरी र २ वटा तरवार बरामद गरिएकाे छ ।