धनकुटा / जिल्लाको महालक्ष्मी नगरपालिका वडा नं.६ मुगाली टोलका ५२ वर्षीया लालवहादुर कार्कीको भीरवाट लडेर मृत्यु भएको छ ।
आइतवार साँझ करिव ७ वजेको समयमा घरवाट निस्किएका कार्की घर नफर्किए पछि आफन्त र गाउँलेले खोजी गर्ने क्रममा भीरवाट लडेर मृत्यु भएको अवस्थामा सोमवार दिउँसो सव फेला पारेको प्रहरीले जनाएको छ । महालक्ष्मी नगरपालिका नजिकै पर्ने छुिम्लङको भीरमुनी कार्कीको शव उनको आफन्त र स्थानियले फेला पारेका हुन् ।
कार्की लाटेभञ्याङ स्थित नागेश्वरी माध्यामिक विद्यालयका पूर्व शिक्षक हुन् । घट्नाको विषयमा उनी के कारण लडेका हुन भन्ने विषयमा अनुशन्धान भै रहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।