धरान / बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदासलाई सोमबार जिल्ला अदालत सुनसरीमा उपस्थित गराई ४ दिनको म्याद थप गरिएको छ । आज विहान विराटनगरबाट प्ररहीले नियन्त्रणमा लिएर जिल्ला अदालत सुनसरीमा उपस्थित गराएको थियो ।
उनलाई एम्बुलेन्समा हालेर जिल्ला प्रहरी कार्यालय सुनसरीमा ल्याएर जिल्ला अदालत सुनसरीमा म्याद थप गरिएको सुनसरी प्रहरी प्रबक्ता तथा डिएसपी विनोद शर्माले जानकारी दिए । उनलाई अनुसन्धन्धानका लागि ४ दिनको म्याद थप भएको छ । आइसियुमै उपचारार्थ रहेकाले म्याद थप पछि पुन अस्पताल नै पु¥याएको प्रहरीले जनाएको छ ।
उनलाई विराट नर्सिङ होमकै को १ च ४०७३ नम्बरको एम्बुलेन्स मार्फत अदालत उपस्थित गराइ पुन उहीप् फर्काइएको थियो । अदालतका जिल्ला न्यायधिस धर्मराज पौडेलको इजलासमा म्याद थपका लागि प्रहरीले पेस गरेको थियो ।
गत कात्तिक ४ गते बलात्कार गरेको एक महिलाको उजुरीपछि प्रहरीले यसबारे अनुसन्धान सुरु गरेको हो ।

अस्पतालकाे आइसियु बेडबाटै कृष्णदास महाराज पक्राउ परे