भोजपुर / जिल्लाको छुट्टा छुटटै दुई स्थानमा अज्ञात समुहले दुई वटा स्काईभेटरमा आगजानी गरेका छन । अज्ञात समुहले भोजपुर नगरपालिका १२ मा प्रतिमा प्रेसा कन्ट्रक्सन प्रालि र टेक्के मैयुङ गाउपालिका २ छिनामखुको नौले गाउँमा गोल्डेन गु्रप शेर्पा कन्ट्रक्सनको स्काईभेटरमा शनिवार राती आगजानी गरेका हुन् ।

प्रेसा कन्ट्रक्सनको बा २ क ७६९२ नम्बरको स्काईभेटरमा पेट्रोल छर्केर आगो लगाईएको जिल्ला प्रहरी कार्यालय भोजपुरका डिएसपी नरबहादुर सलामी मगरले बताए । यस्तै शेर्पा कन्ट्रक्सनको बा २ क ६६१९ नम्बरको स्काईभेटरमा पनि आगजानी गरिएको छ । आगजानी कस्ले गरेको भन्ने बारेमा अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।