देउराली । बलात्कारको आरोप लागेका सिद्धबाबा कृष्णदास गिरिकाे महिलासँग बाेलेकाे फाेन अडियो रेकड सार्वजनकि भएपछि 'हर्ट अट्याक' भएको छ ।
आफ्नै महिला अनुयायी माथि बलात्कारकाे अाराेप खेपिरहेका सिद्धबाबालाई पक्राउ गर्न अदालतबाट पक्राउ पुर्जी जारी भएसंगै आज जिल्ला प्रहरी कार्यालय सुनसरीकाे टाेली नर्सिङ होम पुग्दा हर्टअट्याक भएको भन्दै भेन्टिलेटरमा राखिएको भेटेपछी प्रहरी टोली अलमलमा परेकाे छ ।
केही दिनदेखि विराट नर्सिङ होममा सिद्धबाबा उपचार गराइरहेका छन् । प्रहरीका अनुसार सिद्धबाबाको हाल आइसियुमा उपचार भइरहेको छ । उनलाई आइसियुमा नै प्रहरी निगरानीमा राखिएकोले आइसियुबाट निस्कने बितिकै पक्राउ गर्ने कार्यालयले जानाएकाे छ ।
कार्तिक ४ गते आफूमाथी बलात्कार गरेका भन्दै प्रहरीमा उजुरी दिने महिलालाई फोन मार्फत आफूले गरेको गल्तीबाट बचाउ भन्दै गरेको अडियो रेकड हिजाे सार्बजनिक भएको थियाे ।
उनले पिडित भनिने महिलालाई फोन गरेर आफू हरेक प्रकारले गलत भएको र अव हुने अनर्थबाट बचाउन भन्दै आग्रह गरेको अडियो न्यूज २४ मा प्रसारण भएकाे थियाे ।
उक्त अडियोमा एक महिलाले मलाई त हजुरले बलात्कार गर्नु भयो नि त ? मेरो भपक्तिको बलात्कार गर्नु भयो मेरो श्रद्धाको बलात्कार गर्नु भयो भन्दा अडियोमा रुदै एक पुरुषले सब मैले गरेको हो ।
उक्त महिलाले अव शुद्रनुहुन्छ ? हजुरले अर्को नारीलाई शोषण गर्नुहुन्न भन्ने के ग्यारेण्टी ? भन्नेजस्ता प्रश्न गरेकी छिन् भने उत्तरमा सबै ग्यारेण्टी लिन्छु । म यो 'लिङगै काटेर फ्याकीदिन्छु' भनेका छन् ।
यस अघि कृष्णदासका अनुयायीहरुले ति महिलाले बाबाला्ई प्रेम पूर्ण गरेका म्यासेजहरु सार्वजनिक गरेका थिए । जसमा ति महिलाले कृष्णदासलाई अङकमाल गर्ने, चुम्मन गर्ने जस्ता म्यासेजहरु रहेको छन् ।