भण्टावारी / सुनसरीको कोशी गाउँपालीका ७ स्थित हरिपुरमा ट्रकले एम्बुलेन्सलाई ठक्कर दिदा एउटै परिवारका ६ सहित सातजना मृत्यु भएको छ । ट्राफिक प्रहरी पोष्ट भण्टावारीका अनुसार शनिबार राति १२ बजेर २० मिनेटको समयमा विरगन्जबाट बिराटनगरतर्फ आउदै गरेको ना २ ख ९०८२ नम्बरको ट्रकले विपरीत दिशाबाट आएको को १ च ९३६४ नम्बरको एम्बुलेन्सलाई ठक्कर दिदा एम्बुलेन्स चालकसहित सातजनाको घटनास्थलमै ज्यान गएको हो ।
मृत्यु हुने चालमा उदयपुर त्रियुगा नगरपालिका वार्ड नम्बर १० बस्ने राजेश दनुवार, त्रियुगा नगरपालिका वार्ड नम्बर १० बस्ने वर्ष ३४ का दुर्गाधन राई, ३२ वर्षका टेकेन्द्र राई, वर्ष ५० तुलबहादुर राई, वर्ष ३४ का मुकेश राई, वर्ष ३४ का दिनेश राई र ८५ वर्षीया शिवमाया राई छन् । तीव्र गतिका कारण दुर्घटना भएको स्थानीय प्रहरीको भनाइ छ । मृतक सबैको शव पोस्टमार्टमको लागि जिल्ला अस्पताल इनरुवामा राखिएको छ् भने यसबारे थप अनुसन्धान भईरहेको सुनसरी प्रहरीले जनाएको छ