विराटनगर/ विराटनगर–३ स्थित बाल सुधार गृहको तीन तलामा रहेको झ्याल तोडेर फरार भएका ‘बाल बिज्या कर्ता’ (बन्दी) बालक पक्राउ परेका छन् । सुधार गृहको तीन तलामा रहेको झ्याल तोडेर फरार भएका उनीहरू चार दिनपछि पक्राउ परेका हुन् ।

अदालतको आदेशपछि पूर्पक्षका लागि थुनामा रहेका दुई जना ‘बाल बिज्या कर्ता’ सोमबार विहान ४ बजे फरार भएका थिए । फरार भएको चार दिनपछि पक्राउ गरिएको मोरङ प्रहरीका प्रमुख एसपी विश्व अधिकारीले जानकारी दिए । मोरङ प्रहरीबाट खटिएको विशेष टोलीले उनीहरूलाई छुट्टा–छुट्टै स्थानबाट पक्राउ गरेको हो ।

बाल सुधार गृहबाट ज्यान मार्ने उद्योग मुद्दामा झापा गौरदह नगरपालिका –११ का १६ वर्षिय र जवरजस्ती करणी मुद्दामा मोरङ सुन्दरहरैचना नगरपालिका– ७ गोठगाउँका १७ वर्षिय बालक फरार भएका थिए । झापा गौरदहका बालकलाई शुक्रबार राती र मोरङका बालकलाई शनिबार विहान पक्राउ गरिएको हो । पक्राउ परेका दुवै जनालाई उनीहरूको घरबाट पक्राउ गरिएको बताइएको छ । पक्राउ गरिएका बालकहरूलाई मोरङ प्रहरीमा ल्याएर सोधपुछ भइरहेको प्रहरीले जनाएको छ ।

ज्यान मार्ने उद्योगका बालकलाई झापा अदालतको २०७६ साउन १६ गतेको आदेशपछि पुर्पक्षका लागि बाल सुधार गृहमा रहेका थिए । जकक मुद्दाका बालकलाई मोरङ अदालतले २०७६ असार ५ गते पुर्पक्षका लागि बाल सुधार गृहमा राख्न आदेश दिएको थियो । अदालतको आदेशपछि उनीहरू बाल सुधार गृहमा थिए । सुधार गृहमा आएको चार महिनापछि फरार भएका थिए ।

विराटनगरमा रहेको बाल सुधार गृहमा प्रदेश १ का १४ जिल्लाहरूका १ सय ४८ जना बाल बिज्या कर्ता रहेका छन् । ५० जनाको क्षमता रहेको बाल सुधार गृहमा क्षमता भन्दा तेब्बर बाल बिज्या कर्ता रहेको छन् । जवरजस्ती करणी मुद्दाका बाल बिज्या कर्ता बढी रहेका छन् । जजक मुद्दामा ७९, कर्तब्य ज्यान मुद्दकाका २०, लागूऔषध १७, सवारी ज्यानको ६, ज्यान मार्ने उद्योगका ९, डाका ८, चोरी ७ र अपरण तथा शरीर बन्धक मुद्दाका २ जना गरि १ सय ४८ जना रहेको छ ।
फोटो छ ।