धरान / कास्की क्षेत्र नं २ को मतदानस्थल नजिकै आजबिहान बम विस्फोट भएको छ । पोखरास्थित नयाँबजारको नवप्रभात माध्यमिक विद्यालयमा रहेको मतदानस्थलनजिकै बम विस्फोट भएको प्रहरीले जनाएको छ ।
घटनामा मानविय क्षति भएन । घटना पछि केही बेर मतदान रोकिएको थियो । अहिले भने मतदान शुचारु गरिएको कास्कीका प्रमुख जिल्ला अधिकारी टेकनारायण पौडेलले जानकारी दिएका छन् ।