इटहरी । तरहरामालामो समय निर्माणधिन खानेपानी आयोजनाको काम सुस्त हुदै आएको छ । लामो समय देखि निमार्णधिन खानेपानीको काम अगाडी नबढ्दा तरहराबासी अहिलेसम्म कलको पानी खान बाध्य हुदै आएका छन ।
२०७१ साल फागुन ५ गते राष्टिय योजना आयोगका सदस्य प्रेमप्रसाद दंगालले शिलन्यास गरेको आयोजनाको काम अहिलेसम्म पुरा नहुदा ३२ सय परिवार अहिले समस्यामा छन् । खानेपानी आयोजनाको काम आर्थिक अभावले रोकिएको तरहरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिले जनाएको छ ।
इटहरी २० तरहराका पासाङ घिसिङले सुद्ध खानेपानीन हुदा कलको पानी खान बाध्य भएको बताए । लामो समय देखि निमार्णधिन खानेपानीअहिले सम्म घरमा नआएको उनको भनाई थियो । ‘२ बर्ष अगाडीनै खानेपानी घरमा आउँछ भनेका थिए अहिलेसम्म आएन ।’– उनले भने । इटहरी सुगम भए पनि खानेपानीको बिस्तार नहुदा दुर्गम गाँउमा बसे जस्तो अनुभव हुने गरेको स्थानीयहरु बताउछन् ।
तरहरा क्षेत्रको ३ हजार २ सय ४५ घर परिवारलाई पानी खुवाउने उद्देश्यले निमार्ण सुरु भएको खानेपानी आयोजनाआर्थिक अभावले समस्यामा परेको तरहरा खानेपानी उपभोक्ता तथा सरसफाई समितिको अध्यक्ष केशर प्रधानले बताए ।
आर्थिक अभावकै कारण काम अगाडी नबढेको प्रधानको भनाई छ । पुग्दो बजेट नछुट्यएको कारण समस्या भएको छ । पाईप विच्छ्याउनका लागि पाईप, फिटिङको सामान नहुदा खानेपानीको काम अगाडी बढ्न नसकेको अध्यक्ष प्रधानको भनाई छ ।
इटहरी खानेपानी डिभिजन कार्यलयका साहयक इन्जिनियर प्रमोदकुमार दत्तले प्रदेशबाट योजना संघमा गएको कारण समस्या भएको बताए । बजेट थोरै थोरै आएको कारण समस्या भएको बताए । बर्षेनी २० लाखमात्र आउँछ सानो तिनो बजेटले नपुग्ने उनको भनाई छ ।