धरान । नेपाल नागरिक समाज सुनसरीले धरान उपमहानगरपालिकामा रिक्त रहेको नगरप्रमुख पदका लागि मतदानको सही सदुपयोग गर्न आह्वान गरेको छ । शनिबार समाजका अध्यक्ष बाबुराम घिमिरे र सचिव उद्धवप्रसाद अधिकारीद्वारा हस्ताक्षरित प्रेस विज्ञप्तिमा भनिएको छ, ‘मङ्सिर १४ गते हुन गइरहेको उपनिर्वाचनमा धरानका सम्र्पूण मतदातामा निष्पक्ष धाँधलीरहित, भयरहित वातावरणमा आफ्नो अमूल्य मतदानको सदुपयोग गर्नका लागि नेपाल नागरिक समाज हार्दिक अनुरोध गर्दछ ।’