श्री शालिवाहनीय शाके १९४१, ने. सं. ११४०, वि. सं. २०७६ साल मङ्सिर ०६ गते शुक्रबार, २२ नोभेम्बर २०१९  मङ्सिर कृष्णपक्षको दशमी तिथि ०७ः०२ बजेसम्म, उप्रान्त एकादशी, नक्षत्र उत्तरफाल्गुनी १५ः४१, उप्रान्त हस्ता । चन्द्रमाराशि कन्या, सूर्योदय ६ः३१ र सूर्यास्त ५ः०७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
कार्य सम्पादनमा सफलता मिल्ला । मातृपक्षको विशेष सहयोग प्राप्त भइरहला । लाभदायी यात्रा होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
अध्ययन–अध्यापनमा भन्दा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । मित्रमिलन होला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)
अध्ययन–अध्यापनमा मन जानेछ । वैदेशिक यात्राको अवसर प्राप्त हुनेछ । धन आर्जनका स्रोतहरू फेला पर्नेछन् ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला । रमाइलोमा दिन बित्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित भेटघाट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
मुद्दा–मामिलामा तपाईको विजय हुनेछ । साथीभाइहरूको सहयोग प्राप्त भइरहला । शुभसमाचारले मन प्रसन्न बन्नेछ ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
पठन–पाठन तथा लेखन कार्यमा मन जानेछ । कार्य–व्यवसायमा सफलता मिल्ला । रमणीय स्थानको भ्रमण हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
समय सामान्यखालको छ । चोटपटक तथा दुर्घटनाको भय हुनसक्छ । सवारी साधन को प्रयोगमा सावधान हुनुहोला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
धार्मिक तथा राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहला । वैदेशिक यात्राको अवसर मिल्ला । मन प्रसन्न रहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
सेवामूलक कार्यक्रममा संलग्न भइएला । समाजका गन्यमान्य व्यक्तिहरूसित रमाइलो भेटघाट एवम् खानपिन हुनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
अध्ययन–अध्यापनमा रुचि बढ्नेछ । जागिरमा बढुवा तथा स्थानान्तरण हुनेछ । समाजका गन्यमान्य व्यक्तिहरूसित भेट होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । घरपरिवारमा धार्मिक कार्यक्रमको आयोजना हुनेछ । रमाइलोमा दिन बित्ला ।