धरान / निर्वाचन आयोगले रिक्त भएको स्थानमा मंसिर १४ गते उपनिर्वाचनका मिति तय गरेसंगै धरानमा दलहरुले प्रचार प्रसार तिव्र पारेका छन् ।
स्थानीय तहमा वामपन्थी दलले विजय गदैं आएको धरान उपमहानगरपालिकामा सत्तारुढ दल नेपाल कम्युनिस्ट पाटी र नेपाली काङ्ग्रेसविच प्रतिस्पर्धा हुने भएको छ ।
अन्य साना दलहरु संघीय समाजवादी पार्टी, लिम्बुवान राष्ट्रिय मञ्च, साझा पार्टीले पनि उम्मेद्वारी दिएको छ । अघिल्लो निर्वाचनमा साविक नेकपा एमालेका तारा सुब्बाले २०९७५ मत ल्याएर विजय भएका थिए । नेपाली काङ्ग्रेसका तिलक राईले १६१०२ मत ल्याएका थिए । यस पटक पनि काङ्ग्रेसले राईलाई नै अघि सारेको छ । साविक माओवादी केन्द्रले ११ हजार १ सय ८० ल्याएको थियो । संघीय समाजवादी पार्टीले उपमेयर मात्र उठाएको थियो । उपमेयरमा ५१८१ मत ल्याएको थियो । माओवादी केन्द्रसँग सहकार्य गरेको समाजवादीको ३ हजार मत पाएको बताइन्छ । दुवै पार्टी एक भए पछि विगतको चुनावको अकंगणितबाट मात्र होइन नेकपा नेतृत्वको जनलहरले पनि नेकपाले ८ देखि १० हजारको मत फरकले जित हासिल गर्ने उपनिर्वाचन परिचालन कमिटीका संयोजक तथा नेकपाका जिल्ला सचिव रमेश बस्नेतले बताएका छन् ।

जिल्ला निर्वाचन कार्यालय सुनसरीका अनुसार २०७४ सालको मतदाता संख्या ७९ हजार २ सय ९० रहेको छ । यो बर्ष १३ हजार ५६३ थपिदा ९२ हजार ८५३ मतदाता पुगेका छन ।

पाइपलाइनमा रहेका विकासका योजना पुरा गर्न नेकपाको नेतृत्व
करिव अढाई बर्षे मेयरको कार्यकालका लागि प्रकाश राई र तिलक राईको प्रतिस्पर्धा हुने छ । नेपाली काङ्ग्रेसको केन्द्रमा नेतृत्व भएका बेला धरानमा भएका कार्यालयहरु एक पछि अर्को अन्यत्र सार्दा काङ्ग्रेले कुनै प्रतिक्रिया नजनाएर धरानलाई पछि धकेलेकाले उपनिर्वाचनको माहौल नेकपाको पक्षमा बढेको नेकपाबाट मेयरका प्रत्यासी प्रकाश राईले बताउदैं आएका छन् ।
‘नेकपाकै पहलमा धरानमा सवा एक अर्व भन्दा बढिको केन्द्रको बजेट ल्याएर काम धमाधम भइरहेको छ । धरानलाई व्यापारिक केन्द्र बनाउन र छिमेकी स्थानीय तहहरुसँग जोड्न ६५ करोडमा १० स्थानमा पुलहरु निर्माण भइरहेको सुनसरी क्षेत्र नं. १ का संघीय सांसद जयकुमार राईले बताए । मदन भण्डारी राजमार्ग अन्तर्गतको सेउती, पटनाली, ढुकुरे खोलामा पुल निर्माण भइसकेका छन् । सेउती सर्दु करिडोर निमार्ण, पानवारीमा औधोगिक ग्राम निर्माण, फोहोरबाट उर्जा उत्पादन, धरान–१५ मा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट खेल मैदान निर्माण भइरहेकाले नेकपालाई चुनाव जित्न सहज हुने धरान उपमहानगरपालिकाकी कार्यबहाक मेयर मञ्जु भण्डारीले बताइन ।
प्रकाश राईले स्व तारा सुब्वाले धरानको विकासको थालनीलाई पुरा गर्ने र धरानलाई पर्यटकीय हव बनाउने मुख्य एजेण्डा बनाएका छन् । धरानका ७ वटा गौरवको आयोजना पुरा गर्ने, धरानलाई खेलकुद ग्राम, औद्योगिक ग्राम, बस पार्क निर्माण र खानेपानी समस्या समाधानलाई मुख्य एजेण्डा बनाएको बताए । ‘यस अधिको नेकपा नेतृत्वको सरकारले थालेका योजना पुरा गर्ने मेरा जिम्मेवारी हो । पाइपलाइनमा भएका विकासका योजना पुरा गर्छु । धराने जनतालाई दुई बर्ष भित्र विकासको अनुभूति गराउछु ।’–नेकपाका उम्मेद्वार प्रकाशले भने ।

नेतृत्व परिर्वतन काङग्रेसको एजेण्डा
यता काङ्ग्रेसबाट टिकट पाएका तिलक राईले नेतृत्व परिवर्तन आवश्यकता भएको बताएका छन् । २०५१ सालदेखिको कम्युनिष्ट नेतृत्वले धरानको विकास गर्न नसकेको बताउदैं यस पटक आफ्नो नेतृत्व आवश्यक भएको उनको भनाई छ ।
केन्द्र, प्रदेश र स्थानीय नेकपाकै सरकार हुदासमेत धरानमा विकासका योजना नल्याएका कारण जनताले यस पटक नेतृत्व फेर्ने काङ्ग्रेसको ध्यए हो ।

दलहरुको घर दैलो आक्रमक

electrtions
नेकपाले वडा नं. ४, ५, ६, ८, १५, १६ सकाएर आइतबार १७ नं.मा शुरु गरेको छ । घरदैलोमा स्थानीयवासी कार्यकर्ताहरुको सहभागीताले उत्सवजस्तो देखिएको छ । उम्मेद्वारसँग एउटा ठूलो टिम घरघरमा पुगेर सूर्यमा मदतान गर्न आग्रह गदैं आएको छ भने २० वटै वडाहरु वडागत रुपमा निर्वाचन परिचालन कमिटि बनाएर आन्तरिक घरदैलो पनि जारी राखेको नेकपाका प्रचार प्रसार उपसमिति संयोजक भीमज्वाला राईले बताए ।
यता पटक पटक हार व्यहोदैं आएको नेपाली काङ्ग्रेस दशै अघि देखि नै नगरसभापति तिलक राईलाई उम्मेद्वार घोषणा गरि घर दैलो अभियान शुरु गरिसकेको छ । राई गत निर्वाचनमा स्व तारा सुब्बासँग ४ हजार ८ सय ७३ मत अन्तरले पराजित भएका थिए । काङग्रेसले दशैं तिहारको समयमा पनि घरदैलो कार्यक्रम जारी राखेको थियो । काङग्रेस पनि विभिन्न वडाहरुमा घरघरमा पुगेर मत माग्दैं आएको छ ।
साना पार्टीहरु संघीय समाजवादी पार्टीले भूपू शैनिक गजेन्द्र इस्वोलाई मेयरको उम्मेद्वार घोषणा गरि प्रचार तिव्र बनाएको छ । संघीय लिम्बुवान मञ्चले पार्टीका जिल्ला अध्यक्ष अमर इजमलाई अगाडी सारेको छ । यस्तै स्वतन्त्रबाट हर्क साम्पाङले चुनाव प्रचार प्रसार शुरु गरि सकेका छन् । उनीहरुले पनि प्रचार प्रसार तिव्र बनाएका छन् ।

धरानमा मेयर र ७ नं वडा अध्यक्षाका लािग मंसिर १४ गते उपनिर्वाचन हुदैं छ ।

nekapa 1 congress gajendra 1