धरान  / कर्णाली प्रदेशका सभामुख र उपसभामुखसहितको टोलीले प्रदेश १ भ्रमण गरेको छ । सभामुख राजबहादुर शाही र उप सभामुख पुष्पा घर्तीसहितको टोलीले प्रदेश १ का सभामुख प्रदिप भण्डारी, उपसभामुख सरस्वती पोखरेलसँग विहीबार भेटगरि प्रदेशमा हालसम्म भएका गतिविधीहरु एक आपसमा आदन प्रदान गरिएको कर्णाली प्रदेशका संसद सचिवालयका सचिव गोपाल पराजुलीले जानकारी दिए ।
दुुवै प्रदेशले हालसम्म गरेका कामका बारे छलफल भएको थियो । प्रदेश १ ले डिजिटल सूचना प्रणाली बनाएर नमुना काम गरेको गण्डकी प्रदेशका संसद सचिवालयका ,सचिव जिवराज बुढाथोकीले बताए ।
विहान संसद सचिवालयमा उपसभामुख पोखरेलसंघ छलफल भएको थियो भने साँझ सभामुख भण्डारीको धरानस्थित निजी निवासमा छलफल भएको थियो । टोलीमा संचा पक्षकी सचेतक सीता नेपालीलगायत प्रदेश १ भ्रमण गरेका थिए ।