धरान  / कोसी राजमार्ग अन्तर्गत मोरङको बूढीगंगा गाउँपालिकामा सवारी दुर्घटना हुँदा बाबु छोरीको मृत्यु भएको छ ।

बुढीगंगा गाँउपालिका–१ खण्डमा बसले मोटरसाइकललाई ठक्कर दिँदा बूढीगंगा गाउँपालिका–५ का ५२ वर्षीय शुभलाल माझी र उनकी २६ वर्षीया छोरी अञ्जलीकुमारी माझीको मृत्यु भएको प्रहरीले जनाएको छ । शुभलाल विराटनगरको गोल्छा आँखा अस्पतालका चिकित्सक हुन भने छोरी अञ्जलीकुमारी न्यूरो अस्पतालकी नर्स हुन ।

घरबाट अफिस जाने क्रममा दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय, मोरङका डिएसपी राजकुमार खिइजूले जानकारी दिए ।

विराटनगरबाट इटहरी आउादैं गरेको को १ ख ७२३२ नम्बरको बसले विपरीत दिशाबाट विराटनगरतर्फ जादैं गरेको को २७ प १०२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको प्रहरीले जनाएको छ । उनीहरूको विराट नर्सिङ कलेजमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।