लक्ष्मीमार्ग / मोरङको बेलबारी १० भाउन्ने चोक हुँदै रंगेली आमतोला जोड्ने सडक कालोपत्रे गर्न माग गर्दे बेलबारी नगरपालिकाका नगर प्रमुख ज्ञानेन्द्र सुवेदीसहितको टोलीले प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राईलाई ध्यानाकर्षण गराएका छन् ।

भौतिक पुर्वाधार मन्त्रालय गएर मुख्यमन्त्रीलाई मेयर सहित वडाअध्यक्षहरु तथा नेकपाका स्थानिय नेताहरुले भेटेर ध्यानाकर्षण गराएका हुन् । बेलबारीका ७ ,८ र १० नम्बर हुदै रंगेली जोडने सडक कालोपत्रे गर्न माग गर्दै मुख्यमन्त्रीको ध्यानाकर्षण गराएका हुन् ।