विराटनगर /  चिठ्ठा प¥यो भन्दै इमोमार्फत लाखौं रूपैयाँ ठगी गरेको आरोपमा काका, भतिजलाई प्रहरीले पक्राउ गरेको छ । मोरङ प्रहरीले विराटनगर– १७ का ४३ वर्षीय रविन्द्र साह र सोही ठाउँका २२ वर्षीय सन्तोषकुमार साहलाई पक्राउ गरेको हो ।

पक्राउ परेका रविन्द्र सन्तोषका काका हुन् । इमोमार्फत चिठ्ठा प¥यो भन्दै ठगी गरेर आएको पैसाँ आइएमएमार्फत झिकेपछि प्रहरीले उनीहरूलाई विराटनगर १७ बाट पक्राउ गरिएको मोरङ प्रहरीका डिएसपी घनश्याम श्रेष्ठले जानकारी दिए ।
उनीहरूको साथबाट नगद ४९ हजार ८ सय रुपैयाँ पनि बरामद गरिएको छ । ‘काका भतिज इमोमार्फत ठगि धन्दामा लागेको प्रराम्कि चरणको अनुसन्धानबाट देखिएको छ,’ डिएसपी श्रेष्ठले भने, ‘काका रविन्द्रले भतिज सन्तोषको नाममा पैसाँ पठाउन लगाउने गरेको पाइयो ।’ प्रहरीले उनीहरूलाई पक्राउ गर्दा पनि सन्तोषको नाममा पीडितलाई पैसा पठाउने गरेको रसिद पनि फेला पारेको छ । उनीहरूले कैलाली जिल्लाका सर्वसाधरणलाई इमोमार्फत चिठा प¥यो भन्दै अहिलेसम्म १ लाख १० हजार ठगि गरेको उजुरी परेको छ ।

उनीहरूले अहिलेसम्म धनगढी उपमहानगरपालिका १२ की लक्ष्मीमाया विश्वकर्मालाई चिठ्ठा प¥यो भन्दै राजस्व बरावरको रकम बुझाउनुपर्ने भन्दै ठगि गरेको प्रहरीले जनाएको छ । ‘अहिलेसम्म एक जनाबाट ठगि परेको उजुरी परेको छ,’ डिएपी श्रेष्ठले भने, ‘पक्रिाउ परेपछि अरू पनि खुल्न सक्दछन् । कैलालीमा उजुरी परेकोले हामीले थप कारवाहीको लागि जिल्ला प्रहरी कार्यालय कैलाली पठाएका छौं ।’ पक्राउ परेका दुवै जनालाई मोरङ प्रहरीले शनिबार कैलाली प्रहरीलाई बुझाएका छन् ।