पाथीभरा मन्दिरबाट संकलित करिब ४५ तोला सुन र १० केजी चाँदी बिक्रि गरिँदै

alt
  • कार्तिक १५, २०७६
  • बसन्त लिम्बू

ताप्लेजुङ । २०७५ सालको साउन देखि २०७६ सालको असोज मसान्त सम्ममा ताप्लेजुङस्थित पाथीभरा देवीको मन्दिरमा भक्तजनले चढाएको करिव ४५ तोला बढी सून र १० किलोग्राम बढी चाँदी बिक्री गरिने भएको छ ।

पाथीभरा देवी मन्दिर भेटिपाति व्यवस्थापन समिति अर्न्तगत सुन चाँदी व्यवस्थापन उपसमितिले शुक्रबार भक्तजनले चढाएको सुन र चाँदीलाई प्रचलित मूल्यमा बिक्री गर्ने निर्णय गर्दै सुन बिक्रीका लागि ७ दिने सार्वजनिक सूचना समेत आवहन गरेको छ ।

सुन चाँदी व्यवस्थापन उपसमितिका अन्तरिम संयोजक तथा पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी सदस्य गोपाल न्यौपानेले सुन खरिद गर्न ईच्छुक व्यक्ति तथा व्यवासायिक संस्थाहरुलाई कात्तिक २२ गते मध्यान्ह १२ बजे भित्र भेटिपाति व्यवस्थापन समितिको कार्यालयमा सम्पर्क राख्न आग्रह गरेका छन् ।

उप समितिले ४१ तोला ५ लाल जोखिएको सुनसहित आम्दानी बाँधेर राखेको कण्ठ, जन्तर र छड्के तिलहरीलाई बिक्रीमा लैजाने छ । स्थानीय सुन व्यवसायी समेतका प्रतिनिधिको सुझावका आधारमा संकलित सुनचाँदी बिक्री गरिने उप समिति संयोजक न्यौपानेले जानकारी दिए । चाँदीको परिणाम भने जोखेर यकिन गरिएको छैन ।

संकलनका बेला तयार गरिएको मुचुल्काका आधारमा आम्दानी बाँधेर राखिएको र भेटिपाति व्यवस्थापन समितिका पदाधिकारीको रोहवरमा जोखेर कूल परिणाम निकाल्ने तयारी गरिएको न्यौपानेले बताए । पाथीभरा मन्दिरमा तीर्थालुले चढाएको दान तथा दातब्य संकलन गरी मन्दिरमा खटिएका प्रहरी र कर्मचारीले परिणामसहितको मुचुल्का तयार पारेर सदरमुकाममा रहेको भेटिपाति व्यवस्थापन समितिको कार्यालयमा पठाउने गरेका छन् ।

जिल्ला समन्वय समितिका प्रमुख संयोजक रहेको भेटिपाति व्यवस्थापन समितिमा फुङ्लिङ नगरपालिका र जिल्ला प्रशासन कार्यालय सहितका सुरक्षा निकायका प्रमुख तथा जनस्तरको पाथीभरा देवी मन्दिर क्षेत्र संरक्षण तथा  सम्वर्धन समितिका पदाधिकारी सदस्य रहेका छन् ।

क्षेत्र विकासको निर्देशकमा काफ्ले
संस्कृति,पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले पाथीभरा क्षेत्र विकास समितिको निर्देशकमा फुङ्लिङ नगरपालिका वडानं ५ का स्थायी बासिन्दा मनमणि काफ्लेलाई नियुक्त गरेको छ । कार्यकारी निर्देशक क्षेत्र विकास समितिको प्रशासनिक नेतृत्वकर्ताको रुपमा रहने व्यवस्था छ ।

पत्रकार महासंघ ताप्लेजुङ शाखाका संस्थापक सभापति समेत भईसेकका काफ्लेलाई कात्तिक ६ गतेबाट लागु हुनेगरी मन्त्री स्तरीय निर्णयबाट कार्यकारी निर्देशकमा नियुक्त गरिएको पर्यटन मन्त्रालयले जनाएको छ ।

 

काम कुरो एकातिर, कुम ...

तुलसीप्रसाद दुलाल लगातार तीन बर्ष बजेट निर्माण गर् ...

आजको राशिफल, जेठ २२ ...

वि.सं. २०७७ जेठ २२। बिहीवार। इ.स. २०२० जुन ४। ने.सं. ११ ...

कोरोनाको महामारी र र ...

वर्तमान स्थितिमा लक्डाउन मात्रै महामारी फैलिन नदिन सफल ...

समस्यामा परेका याताय ...

काठमाण्डौं । दैनिक भत्ताले परिवार चलाउने वर्गमा पर्छन य ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved