मधुमल्ला । मोरङको मिक्लाजुङमा बिहीबार मानव बेचबिखन, ओसार पसार तथा आधुनिक दासत्व विरूद्ध सचेतनात्मक कार्यक्रम अन्तर्गत अर्न्तकृया कार्यक्रम सम्पन्न भएको छ ।
स्थानीय स्तरमा परियोजना संचालन गर्दै आएको लेखना पुस्तकालय उपसमिति र इलाका प्रहरी कार्यालय मिक्लाजुङको संयुक्त आयोजनामा बिहिबार विज्ञ संगको अर्न्तकृया कार्याक्रम गरीएको मानव बेचबिखन, ओसार पसार तथा आधुनिक दासत्व विरूद्ध सचेतनात्मक कार्यक्रम परियोजनाका समाजिक परिचालक प्रकाश खनालले बताए ।
अन्तकृया कार्यक्रममा सहभागीहरुका जिज्ञासाहरुको बारेमा अधिबक्ता लक्ष्मी निरौलाले सहजीकरण गरेका थिए । इलाका प्रहरी मिक्लाजुङ प्रमुख खगेश्वर खतिवडाले हालसम्म आएका मुद्दा तथा समस्याहरूका बारेमा साथै प्रहरीले गरिरहेको कार्यहरूको बारेमा प्रकाश पारेका थिए ।
अर्न्तकृया कार्यक्रमका प्रमुख अतिथी तथा मिक्लाजुङ गाउँपालिका अध्यक्ष देवी प्रसाद आर्चायले कार्यक्रमलाई सम्बोधन गर्दै अझै पनी मानब बेचविखन, ओसार पासार जस्ता जघन्य कार्यहरु ललाई–फकाई लुकी–छिपी रुपमा हुने गरेका हुदा त्यस तर्फ हामी सबै समयमै सचेत रहनु पर्ने बताए । साथै समयको परिवर्तन संगै आधुनिक दासत्वका घटान हुन नदीन समयमै आफ्नो ठाउँबाट लागि पर्नु पर्ने बताए।
रिड नेपाल र एफ.टि.एस. को सहयोगमा मोरङको मिक्लाजुङ गाउँपालिकामा लेखनाथ पुस्तकालयको संयोजनमा गत बैशाख देखी मानव बेचबिखन, ओसार पसार तथा आधसनीक दासात्व विरुद्धको सचेतनात्मक कार्ययक्रम संचालन हुदैं आएको छ ।
परियोजना अर्न्तगत मानव बेचबिखन, ओसार पसार तथा आधसनीक दासात्व विरुद्धको सचेतनात्मक कार्ययक्रम संघ संस्था , समुदाय, विद्यालय, सोरोकार बाल निकाय र व्याक्तीहरु संगको समन्वयमा छलफल तथा अर्न्तकृया कार्यक्रम संचलन गर्दै आएको स्थानीय स्तरमा परियोजना संचालन गर्दै आएको लेखनाथ पुस्तकालय तथा बाचनालयका अध्यक्ष गोविन्द बस्नेतले बताए ।
कार्यक्रममा मिक्लाजुङ गाउँपालिका उपाध्यक्ष सरला राई , मिक्लाजुङ गा.पा. वडा नं. ७ का वडध्यक्ष शुशिलराज चौहान, राजनैतिक दलका पार्टी प्रतिनिधीहरु लगायत मिक्लाजुङ क्षेत्रका करिब तिन दर्जन संघ संस्थाका ४० बढी प्रतिनिधीहरुको सहभागिता रहेको थियो ।