देउराली । इलाका प्रहरी कार्यलय धरानले आफ्नै ६ बर्षीय छोरी बलात्कार गरेको अभियोगमा एक जनालाई पक्राउ गरेको छ ।
भोजपुर जिल्ला घरभई हाल धरान उपमहानगरपालीका १७ मा डेरा गरी बस्ने बर्ष ३८का बाबुले आफ्नै ६ बर्षीय छोरीलाई बलात्कार गरेको भनी श्रीमतीले उजुरी गरेपछि इलाका प्रहरी कार्यलय धरानबाट खटिएकाे प्रहरी टाेलीले पक्राउ गरेको हाे ।
कार्तिक १३ गते दिउसो तरकारी किन्न निस्कीएको बेला मैका छोपी आफ्नै छोरीलाई बलात्कार गरेको भनी बालीकाकी आमा तथा काकाले प्रहरीलाई दिएको जानकारीका आधारमा पक्राउ गरेको कार्यालयका डिएसपी ढुण्डीराज न्यौपानेले बताए ।
उनले भने 'आमा तरकारी किनेर फर्कने क्रममा ६ वर्षीय छोरी र श्रीमानलाई नग्न अवस्थामा फेला पारेपछि पिडित बालिकाकी आमा र काकाले हामीलाई जानकारी गाएपछि हामीले पक्राउ गरेका हौ ।'
बालिकाको र अभियुक्त ३८ वर्षीय बाबुको स्वास्थ परीक्ष गरीनुका साथै जिल्ला अदालत सुनसरीबाट जवरजस्ती करणी मुद्धामा म्याद थप गरी अनुसन्धान भइरहेको डिएसपी न्यौपानेले बताए ।