धरान / भाई टिकाको साइत हुन लागेको बेला धरानमा एक बालिका बलात्कृत भएकी छन् । भाईटिकाको दिन करिव १०ः३० बजे १३ बर्षीय बालिकालाई ३५ बर्षीय एक व्यक्तिले आफ्नै कोठामा लगेर बलात्कार गरेको घट्ना सार्वजनिक भएको छ । बलात्कार गर्ने ती व्यक्तिलाई धरान प्रहरीले पक्राउ गरि आज सार्वजनिक गरेको छ ।
सहिदभूमी गाउँपालिका ४ छिन्ताङ घर भई धरान– १६ मा बस्दैं आएका ३५ बर्षीय गिरेन्द्र राईलाई इलाका प्रहरी कार्यालय धरानले हिजो साँझ फक्राउ गरेको हो । पीडितको जाहेरीको आधारमा राईलाई पक्राउ गरिएको इप्रका धरानका डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए ।
राईले आफ्नो डेराकोठामा हातमा समाई तानी लगी ढोका थुनी जवरजस्ती करणी गरेको जाहेरीमा उल्लेख छ । सुनसरी जिल्ला अदालतबाट जवरजस्ती करणी मुद्दामा म्याद थप गरी राईमाथि अनुसन्धान भई रहेको प्रहरीले जनाएको छ ।