धरान । धरानस्थित रामबहादुर भिसी रेसिडेन्टल होममा बस्दै आएका जेष्ठ नागरिकहरुले सधै झैं यसैवर्ष पनि भाइटीका रमाइलो गरेर मनाएका छन् ।

हाेमले च्यारेटी पेन्सन थाप्दै आएका ब्रिटिस गोर्खा सैनिकहरू र विधुवा महिलाहरूलाई विशेष सेवा दिँदै अाएकाे छ । होममा बस्ने ज्येष्ठ नागरिकहरू विभिन्न जातजाति र फरक फरक धर्म मान्ने भए पनि एक अर्काको चाडपर्वलाई सम्मान गर्ने प्रचलन यस रेसिडेन्टल होमका जेष्ठ नागरिकहरूको निक्कै राम्राे रहेको छ ।

आफनो घर परिवारबाट विभिन्न कारणले बाहिर बस्न बाध्य भएका छन् । ज्येष्ठ नागरिकहरूको आ–आफनै कथा ब्यथाहरू भए पनि आफनै दौतारीहरुसँग रमाउने गरेका छन्र । ज्येष्ठ नागरिकहरूले आफनो चेली माइतीको सम्बन्ध राम्राे होस भनेर हरेक वर्ष भाइटीका लगाउँदै आएका छन् । 

वर्षमा एक पटक मनाउने यस भाइटीकामा यहाँ पनि धेरै रमाइलो हुने गरेको ज्येष्ठ नागरिकहरु बताउँछन् । पूर्वाञ्चलको एउटै मात्रै होममा पूर्वका विभिन्न जिल्लाका ज्येष्ठ नागरिकहरू बस्दै आइरहेका छन् । आफनो चेलीहरु नभए पनि अरुको चेलीको हातबाट भाई टिका लगाउन पाउदा पनि आफनै चेली जस्तो लाग्गेको धरानको रेसिडेन्टल होममा बस्दै आएका पाँचथरका डम्बर मान राईले बताए । त्यस्तै घरको जस्तो वातावरणमा दाजुभाइलाई फूल टीका लगाउन पाउँदा आफूलाई पनि खुशी लागेको रेसिडेन्टलमा बस्दै आएकी ललित राई बताउँछिन् ।

त्यस्तै ताप्लेजुङकाे नरमायाँ लिम्बूले पनि यहाँ रमाइलोसँग तिहार मनाएको बताइन् । विभिन्न जातजाति र विभिन्न धर्म माने भए पनि आफ्नो गाँउघरमा मनाएको जस्तै गरेर यस रेसिडेन्टल होमका बाजे बोजुहरूले मनाउने गरेको लामो समयदेखि रेिसडेन्टल हाममा काम गदै आएका रेसिडेन्टल होमका क्लनिक्क मेनेजर रिया श्रेष्ठ बताउँछिन् । होममा बस्दै आएका बाजेबोजुहरूले समेत होमलाई आफ्नै घर मान्ने गरेका छन् ।