ब्लाष्टखबर । प्रहरीकाे गाेली लागेर कपिलवस्तुकाे कृष्णनगरमा एकाे मृत्यु भएकाे छ ।
लक्ष्मीपूजाको मूर्ति विसर्जनकाे बिषयमा मा दुई समूह बीच विवाद बढेपछि तनाबग्रस्त बनेकाे कपिलबस्तुकाे कृष्णनगर क्षेत्रमा भिड नियन्त्रण गर्न प्रहरीले चलाएकाे गाेली लागेर सुरजकुमार पाण्डेकाे मृत्यु भएकाे जनाइएकाे छ । गाेली कस्ले चलाएकाे भन्ने खुलेकाे छैन ।
बुधबार देखि सुरु विवादमा बुधबार प्रहरीले ५० सेल अश्रुग्यास हानेकाे केहि भिडलाइकेहि साम्य गरे पनि बिहिबार बिहानैबाट थप उग्ररुप लिएसंगै बिहान कफ्र्यु आदेश जारी गरेको प्रमुख जिल्ला अधिकारी गजेन्द्र बहादुर श्रेष्ठले बताएका छन् । कफ्र्यु अवज्ञा भए पछि कपिलवस्तु प्रहरीले गोली चलाउँदा पाण्डेकाे मृत्यु भएकाे बताइएकाे छ । झडपमा परी केही स्थानीय र प्रहरी समेत घाइते भएकाे जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएकाे छ ।
बिवादले झडपकाे स्थिती सिर्जना गरेपछि कृष्णनगर भन्सार कार्यालयदेखि उत्तर र पश्चिमतर्फ ७ सय मिटर र पूर्वतर्फ ३ सय मिटर क्षेत्रमा जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले अनिश्चितकालका लागि कर्फ्यु जारी गरेको छ ।