धरान । आफ्नै श्रीमान्ले ढुङ्गाले हानेर श्रीमतीको हत्या गरेका छन् ।

धरान–१५ का अर्जुन राईले श्रीमती जीना राईको हत्या गरेका हुन् । हत्याको कारण खुल्न सकेको छैन । घटनास्थलमा प्रहरीहरूले जाँच गरिरहेको स्थानीयले बताएका छन् । 

ढुङ्गाले हानेर उनको हत्या गरिएको थियो । श्रीमान् अर्जुनलाई इलाका प्रहरी कार्यालय धरानले पक्राउ गरेको छ । घट्नाको विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।