खोटाङ / खोटाङबाट विराटनगर जादैं गरेको यात्रु बस दुर्घटना हुदाँ १५ जना घाइते भएका छन् ।
को १ ख ६३२० नं. को डिलक्स बस खोटाङको अखौंर्ले र विजुले भञ्ज्याङविचमा अाज विहान ७ बजे दुर्घटना भएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते मध्य ५ जना सामान्य उपचार पछि घर फर्किएका छन् । भने ३ जनालाई थप उपचारका लागि हेलिकप्टरबाट काठमाडौं लगिएको जिल्ला प्रहरी कार्यालय खोटाङका ड्यसटी अफिसर असई कुमार विष्टले जानकारी दिए । हेलिकप्टरबाट काठमाडौ लगिएका घाइतेहरुमा दिकतेल मजुवा–१ की २३ बर्षीया कल्पना आचार्य(घिमिरे), २३ बर्षीय मिलन आचार्य र दिक्तेल–१ का१९ बर्षीय प्रताप रिजाल रहेका छन् ।अन्यको जिल्ला अस्पताल खोटाङमा उपचार भइरहेको छ । घट्नास्थल दिक्तेल बजारबाट करिव १५ किमी पश्चिममा पर्छ ।
दुर्घटनाको कारण खुल्न सकेको छैन् । बस चालक फरार रहेकाे प्रहरीले जनाएकाे छ ।
तस्विरः मणीसुन्दर खत्री दाहालको फेसबुकबाट