धरान / तिहार अवधीमा धारिलो हतियार बोकेर अबाञ्छित गतिविधी गर्ने ५ युवालाई इलाका प्रहरी कायाृलय धरानले नियन्त्रणमा लिएको छ ।
इलाका प्रहरी कार्यालय धरानका अनुसार कात्र्तिक ९ गतेदेखि कात्तिक १२ गतेसम्मका अवधीमा धारिलो हतियार तरवार, खुकुरी ,चक्कुसमेत बोकी कुनै अपराधिक कृयाकलापमा गराउने उद्देश्यले हिडिरहेका ५ जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेहरुमा धरान १५ बगरकोटका वर्ष २२ को बिशाल राई, वर्ष २४ को दिवस राई, धरान १७ रेलवे वस्ने वर्ष २८ को गोपाल श्रेष्ठ, बर्ष २२ को बिजय खड्का र धरान ५ देउराली वस्ने वर्ष १९ को विवेक राई रहेका छन् ।
उनीहरुलाई इलाका मातहतका प्रहरी चौकीबाट खटिएको प्रहरी टोलीले छुछट्टाछ्ट्ै स्थानबाट पक्राउ गरेको डिएसपी ढुण्डीराज न्यौपानेले जानकारी दिए । ‘तिहारमा अन्य व्यक्तिहरु प्नि पक्राउ परे तर यि ५ जना भने हतियार बोकेर हिडिरहेको अवस्थामा पक्राउ गरिएको हो ।’–डिएसपी न्यौपानेले भने । राती, विहानको समयमा खुकरी, छुरी, तरवार लुकाएर बोकी हिडिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । अदालत खुले पछि उनीहरुलाई म्याद थप गरि अनुसन्धान थालिने प्रहरीले जनाएको छ ।