काठमाडौंआफ्नै साथीकी बहिनीलाई बदात्कार गरेको आरोपमा प्रहरीले रत्नराज्य लक्ष्मी(आरआर) क्याम्पसका विद्यार्थी नेता इन्द्रहाङ राईलाई पक्राउ गरेको छ ।

आरआर क्पाम्पसका स्ववियू सह–सचिव एवं अनेरास्वियूका केन्द्रीय सदस्य राई वीएड् तेस्रो वर्षमा अध्ययनरत् थिए । उनललाई पीडितको उजुरीको आधारमा हिजो पक्राउ गरेको महानगरीय प्रहरीले जनाएको छ ।

पीडितको जाहेरी अनुसार राईले देउसी खेल्न बोलाएर उनीमाथि जबरजस्ती करणी गरेको बताइएको छ ।
पीडितको स्वास्थ्य परीक्षण गरिसकिएको प्रहरीले जनाएको छ । साथीको कोठामा लगेर हात बाधेर हतियार देखाउदैं बलात्कार गरेको पीडितले जाहेरीमा उल्लेख गरेकीछन् ।