सिरहा / सिरहामा छठ पर्वको तयारी सुरु भएको छ । छठ आउन एक हप्ता बाँकी रहेका बेला यसको तयारी व्यापक भइरहेको छ । खास गरेर प्रदेश नं.२ मा मनाइने छठ नेपल भरी नै मनाउन थालिएको छ । पहाड तराई सबैतिर लोकप्रिय भएको छ ।
मिथिलाञ्चल क्षेत्रमा मनाइने पर्वहरु पूर्ण रुपले घरेलु उत्पादनमा निर्भर रहेकोले आफ्नै खेतबारीमा उत्पादन गरेको गहुँ, चामललगायतको व्यवस्था गरेर त्यसलाई धोइ पखालेर आफ्नै घरमा रहेको जाँतोमा पिसेर त्यसको पिठोबाट छठको सामग्रीहरु बनाइने गरिन्छ ।

chhat
यो पर्व सोखले वा रहरले गर्ने पर्व होइन । यसका प्रत्येक सामग्री बडो जतनले केटाकेटीको पहुंच बाहिर राखिनुको अर्थ रहेको बुढापाका बताउछन् ।
त्यस्तै यस पर्वमा प्रयोग हुने विभिन्न सामग्री किन्नेहरुको भिड लागेको छ । सिरहाका बजारहरुमा बाँसबाट र माटोबाट बनेको सामाग्रीहरु जताततै बिक्री भइरहेको छ । छठ पर्वमा बाँस तथा माटोबाट बनेको सामानहरु शुद्ध मानिने गरेकोले यसको माग अहिले बजारमा बढेको छ । मिथिलानीहरु अहिले माटोबाट बनेको घैँटो, हात्ती त्यस्तै बाँसबाट बनेको छिट्टी (टोकरी), नाङ्लो, कन्सुपतिलगायतको सामान किन्नमा व्यस्त छन् ।

chhat4

कसरी मनाइन्छ छठ ?
छठ पर्व निकै कठिन पर्व मानिन्छ । चार दिनको यस पर्वमा व्रतालुले दुई दिन बिना अन्नपानीको भोकै बस्नुपर्दछ । जीउ शुद्ध गर्न नुहाउने पहिलो दिनलाई ‘नहाय–खाए’ भनिन्छ भने दोस्रो दिन दिनभरि उपवास बसी रातीमा ‘खीर’ बनाई देउतालाई चढाएर खाने विधिलाई ‘खरना’ भनिन्छ ।
त्यस्तै मूल दिनमा ठेकुवा, भुसवा आदि कृषिजन्य अन्नको पीठोबाट बनाइएका पकवानहरूसँगै केराको घरी, माटोको हाती, सूप, कनसुपती, कलशसहितको घैँटोआदि सामाग्रीको स्वच्छता र पवित्रतापूर्वक व्यवस्था गरिन्छ र साँझतिर अस्ताउने सूर्यको नमन गर्दै अघ्र्य दिइन्छ । छठपर्व यस्तो पर्व हो जसमा अस्ताञ्चलगामी सूर्यलाई पनि पूजा गर्ने परम्परा छ । बिहानपख उदाउँदै गरेको सूर्यलाई अघ्र्य दिई पर्वको समाप्ति गरिन्छ । बिहानीको अध्र्य दिइसके पछि व्रतालुहरू प्रसाद ग्रहण गरी आफ्नो उपवास तोड्छन् जसलाई ‘पारन’ भनिन्छ ।

75299964_2603561756371196_2142521818311819264_n chhat bhada chat4 chhat6 chhat5