Blast Khabar
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
थप विभाग
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
इपेपर विज्ञापन
Blast Khabar
सर्वाधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी
  • गृहपृष्ठ
  • निर्वाचन खबर
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • छापा समाचार
  • छापा संस्करण
  • अर्थ
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तर्राष्ट्रिय / प्रवास
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • ब्लग/रिभ्यु
  • राशिफल
गृहपृष्ठ /राष्ट्रिय
राष्ट्रिय

शिक्षकले चलाउँछन् वडा कर्यालय

र रासस कार्तिक ११, २०७६ २ मिनेट पढाइ ० प्रतिक्रिया
Facebook X WhatsApp Viber
शिक्षकले चलाउँछन् वडा कर्यालय

मनाङ।  मनाङ जिल्लाको सदरमुकाम रहेको चामे गाउँपालिकाका सबै वडा शिक्षकले नै चलाउँदै आएका छन् । स्थानीय तहको निर्वाचन भएको तीन वर्ष पुग्न लाग्दासमेत स्थानीय निकायमा कर्मचारी अभाव देखिएको छ ।

यिनै अभावलाई टार्नका लागि र जनताकोे काममा असर नपरोस् भनी गाउँपालिकाले शिक्षकलाई नै वडा कार्यालयमा खटाएको चामे गाउँपालिकाको अध्यक्ष लोकेन्द्रबहादुर घलेले बताए । उनका अनुसार गाउँपालिकामा कर्मचारीको अभाव भएको र विद्यालयमा विद्यार्थीभन्दा शिक्षकको सङ्ख्या बढी भएको हुँदा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो ।

जम्मा पाँच वटा वडा रहेको यस चामे गाउँपालिकामा सबै वडामा एक एक जना शिक्षकले कर्मचारीको काम गर्दै आएका छन् । प्रत्येक वडामा एक–एक वटा विद्यालय रहेकामा हाल गाउँपालिकाभरि जम्मा दुई वटा विद्यालय रहेको छ । विद्यार्थीविहीन विद्यालय राख्नुभन्दा विद्यालय विलय गरी बढी भएका शिक्षकलाई वडा कार्यालयमा खटाइएको हो ।

स्थानीय तहले कर्मचारीको अभाव झेल्दै आए पनि काम चलाउनका लागि शिक्षकलाई नै प्रयोगमा ल्याइएको अध्यक्ष घलेको भनाइ छ । “सरकारको मुख ताकेर बस्ने हो भने कर्यकाल सकिँदा पनि कर्मचारी पूरा हुँदैन । केन्द्रीय सरकार र प्रदेश सरकारको नीतिनियमको तालमेल नमिल्दा पनि स्थानीय तहलाई असर परेको छ”, अध्यक्ष घलेले भने ।

हाल शिक्षकले वडा कार्यालयमा रहेर पञ्जीकरणको काम गर्दै आएका गाउँपालिकाका कार्यकारी गङ्गाबहादुर थापाले बताए। कार्यकारी थापाका अनुसार शिक्षकहरुलाई कार्यालय सहयोगीका रूपमा राखे पनि उनीहरुले वडा सचिवको काम गर्दै आएका छन्।

यो समाचार सेयर गर्नुहोस्
Facebook X WhatsApp Viber
ब्लाष्ट खबर YouTube भिडियो समाचारका लागि सब्स्क्राइब गर्नुहोस् Subscribe

प्रतिक्रिया ०

इमेल सार्वजनिक गरिँदैन। सम्पादकको स्वीकृतिपछि प्रतिक्रिया प्रकाशित हुन्छ। ०/१५००
अहिलेसम्म कुनै प्रतिक्रिया छैन यस समाचारमा पहिलो प्रतिक्रिया तपाईंकै होस्।

सम्बन्धित समाचार

एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
कार्तिक ३, २०८३
सप्तकोशीमा बेपत्ता युवक मृत भेटिए
कार्तिक ३, २०८३
श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
कार्तिक ३, २०८३
छापा संस्करण [ePaper]
  1. एम्बुलेन्सबाट पाँच क्विन्टलभन्दा बढी गाँजा बरामद
    कार्तिक ३, २०८३
  2. सप्तकोशीमा बेपत्ता युवक मृत भेटिए
    कार्तिक ३, २०८३
  3. श्रीमुक्तिनाथ रथयात्राः मेची-महाकाली जोड्ने महाअभियान कात्तिक ८ देखि
    कार्तिक ३, २०८३
  4. दसैँले गाउँबस्तीमा बढायो रौनक
    कार्तिक ३, २०८३
  5. सीप पुस्तान्तरण नहुँदा माटाका भाँडाको प्रयोग घट्दै
    कार्तिक २, २०८३
  6. नौ क्विन्टलभन्दा बढी गाँजा बरामद, चार जना पक्राउ
    कार्तिक २, २०८३
  7. सीमा सुरक्षामा लापरबाही नगर्न डीआईजी थापाको चेतावनी
    कार्तिक २, २०८३
  8. `कोशीका कथाहरू’ वेब सिरिजमा बाढी र विस्थापनको पीडा
    कार्तिक २, २०८३
  9. भारतमा ट्रक दुर्घटनामा १२ जनाको मृत्यु
    कार्तिक २, २०८३
  10. सिन्धुलीमा ‘टाटा सुमो ’ दुर्घटना : तीनको मृत्यु, तीन जना बेपत्ता
    कार्तिक २, २०८३
  11. भारतमा युवा आन्दोलनका क्रममा पक्राउ परेकालाई रिहा गर्न सीडीपी नेपालको माग
    कार्तिक २, २०८३
  12. आश्विन शुक्ल सप्तमीः फूलपाती भित्र्याइँदै
    कार्तिक १, २०८३
  13. प्रहरी सङ्गठनलाई व्यावसायिक र आधुनिक बनाइँदैछः गृहमन्त्री गुरुङ
    असोज ३०, २०८३
  14. महिनादिनमा ५२९२ किलो गाँजा बरामद
    असोज ३०, २०८३
  15. ४९९९ मा टेलिकमको फाइबर इन्टरनेट
    असोज ३०, २०८३
  1. कुलमानलाई हटाइएको विरोधमा धरानमा प्रदर्शन
    चैत १२, २०८१
  2. अन्तर्घातले हैन सहयोग गरे मात्र नेता भइन्छ – पूर्व मन्त्री कार्की
    जेठ २८, २०८०
  3. स्वस्थ खानपान र जीवनशैलीले मुटु रोगबाट बँच्न सकिन्छ
    असोज ८, २०७३
  4. टिप्पणी: नेताको बोलीको बेटुङ्गो
    मंसिर १०, २०८१
  5. बालबालिकाद्वारा प्रतिभा प्रदर्शन
    असार १८, २०८२
  6. हङकङमा छैटाैं मर्स्याङ्दी नाईट हुने
    कार्तिक २५, २०८१
  7. नमस्ते भन्ने कि नमस्कार ?
    पुस ७, २०७६
  8. वडाध्यक्षलाई कार्यवाहक विवादः उच्च अदालतमा रिट दर्ता, आजै सुनुवाइ
    कार्तिक ४, २०८१
  9. इटहरीमा यौनधन्दाः भारतीय ग्राहकसहित १२ पक्राउ
    मंसिर २५, २०७५
  10. एसईई आइडलमा खिना, रोहन र मिसु विजेता
    असार ६, २०८२
  11. ‘संविधान संशोधनका लागि वर्कआउट हुँदैछ’
    पुस २२, २०८१
  12. टिकटकको नयाँ फिचर्स सेवा सुरु
    वैशाख २२, २०८२
  13. दुर्गा प्रसाईंलाई साढे सात वर्ष जेल सजाय माग
    मंसिर २७, २०८१
  14. धरान राजधानी हुने भो !
    फागुन ५, २०७५
  15. राष्ट्रियसभाको अध्यक्षमा दाहाल निर्वाचित
    फागुन २९, २०८०
Blast Khabar
Blast Khabar ब्लाष्ट खबर

सार्वधिक लोकप्रिय, निर्भीक, निष्पक्ष र पारदर्शी

हाम्रोबारे

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो। नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल तथा जीवनका विभिन्न पक्षहरू समेटेको छ।

छापा संस्करण पढ्नुहोस्

विधाहरू

  • गृहपृष्ठ
  • समाचार
  • राजनीति
  • राष्ट्रिय
  • अर्थ
  • खेलकुद
  • स्वास्थ्य
  • अपराध
  • पर्यटन
  • अन्तर्राष्ट्रिय
  • बिचार
  • सम्पादकीय
  • विशेष
  • अन्तरवार्ता
  • संस्कृति
  • साहित्य
  • राशिफल

सम्पर्क

ठेगानाधरान-८, औद्योगिक क्षेत्र, सुनसरी
फोन रिसेप्सन: ०२५-५७५४५८
समाचार: ०२५-५३८४३५
विज्ञापन: ०२५-५३८४१४
इमेल[email protected]
विज्ञापनको लागि सम्पर्क
© 2026 Blastkhabar.com — सर्वाधिकार सुरक्षित।
हाम्रोबारे सम्पर्क छापा संस्करण विज्ञापन युनिकोड