विराटनगर । मोरङको पथरीशनिश्चरे – ५ मा दिपावली गर्न बालेको दियोबाट आगो सल्किदा ४ वर्षिय बालकको मृत्यु भएको छ ।

घर भित्र सुतिरहेको युसन गिरी आगोमा जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । गिरीको आगोमा जलेर घटना स्थलमानै मृत्यु भएको छ ।  घर भित्र रहेको नगद  ९५ हजार र  तीन तोला सुनको गरगहना, तिनतोला चाँदिका गरगहना, लता कपडा र घर पुर्ण रुपमा आगोले नष्ट भएको प्रहरीले जनाएको छ ।

प्रहरीले दिपावली मनाउने क्रममा हुन सक्ने आगलागीका घटनाप्रति सुरक्षा सजगता अपनाउन समेत आग्रह गरेको छ । उक्त आगो स्थानियवासी  र प्रहरी चौकी कुशेचौरीबाट प्रसनिको कमाण्डमा खटिएको प्रहरीको सहयोगमा नियन्त्रणमा आएको थियो ।

घटनास्थलमा ईप्रका पथरीबाट प्रहरी निरीक्षकको कमाण्डमा टोलि खटि गई प्रारम्भिक अनुसन्धान कार्य सम्पन्न गरी मृत बालकको शव कानूनी प्रक्रियाको मंगलबारे अस्पताल उर्लाबारीमा पठाईएको छ ।